सरकार बिरुद्ध गरिरहेको आक्रमणको लागी नेता तथा कार्यकर्ताहरु अरिङ्गगालको गोलो भएर जान प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ,भाद्र ३० । 
प्रधानमन्त्री  एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारबिरुद्ध विपक्षीहरुले आक्रमण गरीरहेको बेला पनि कार्यकर्ताहरुले पर्याप्त प्रतिरक्षा गर्न नसकेको भन्दै असन्तुष्टी पोखेका छन् । शनिबार नेता स्व.पोष्ट बहादुर बोगटीको चौथो स्मृति दिवसको अवसरमा आयोजित ‘बोगटीका विचार’ पुस्तक विमोचन कार्यक्रममा ओलीले एउटा अरिङ्गगाल चलाए सिंगै गोले खनिने उल्लेख गदैं कार्यकर्ताहरुलाई अरिङ्गगाल जतिको बुद्धि छ या छैन भन्ने प्रश्न गरे । उनले सोधे,‘तपाईहरुसँग अरिङ्गगालको जति बुद्धि छ या छैन ?’ बिरोधी र बिपक्षीहरुले सरकार बिरुद्ध गरिरहेको आक्रमण बिरुद्ध नेता तथा कार्यकर्ताहरु अरिङ्गगालको गोलो भएर खनिनु पर्ने उनको भनाई छ ।प्रधानमन्त्री ओलीले एमाले र माओवादीको एकताले प्रतिक्रियावादीहरु सबै अत्तालिएर एकता बिरुद्धमा लागिरहेको बताए । उनले भने - "पार्टी   एकताको बिरुद्धमा प्रतिक्रियावादीहरु लागिरहेका छन् । जनतालाई निराश र हतोत्साही बनाउने काम गरीरहेका छन् । हामी एकजुट भएर त्यस बिरुद्ध लाग्नुपर्छ ।" अध्यक्ष ओलीले  पार्टी एकता जाने श्रीखण्ड नजाने खुर्पाको बिड हुने बताए । ‘देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन् हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्,’ उनले भने, ‘हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पुरायाउँछौँ ।’

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न