सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्नेमा प्रधानमन्त्री को जोड

काठमाण्डौ ,भाद्र ३१ । 
 प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभाको आज  बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सुदूरपश्चिम विकासमा पछि पर्यो भनेर सधैँ गीत मात्र गाएर अघि नबढ्ने  ओलीको भनाई छ । “प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ्ग, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।”
सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानबिन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको हो ।दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।


 

प्रतिकृया दिनुहोस

कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ

काठमाण्डौ,मंसिर २९ ।  भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा

हरेक वर्ष हुनुपर्ने कांग्रेसको महासमिति बैठक ६ वर्षपछि आज हुँदै

काठमाण्डौ , मंसिर २९ । नेपाली कागेशको हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) हुँदै छ । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने

नुवाकोट मिनीट्रक दुर्घटना - मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोट , मंसिर २९ । शुक्रबार साँझ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।