चालकहरुको आन्दोलनका कारण प्रदेश ७ मा यातायात सेवा ठप्प

अत्तरिया ,असोज २ ।  
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबार देखी शुरु गरेको आन्दोलनका कारण देशभर सार्वजनीक यातायात ठप्प भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको समितीले जनाएको छ ।  नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलबार देखी सवारी नचलाउने घोषणा गरेका हुन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेको छ । आन्दोलनका कारण यँहका मुख्य शहरहरुबाट सन्चालन हुने लामो तथा छोटो दुरीका  सार्बजनिक सवारीका कुनै पनि साधन चलेका छैनन । पहाड तिर जाने र आउने सवारीका साधन पन ठप्प रहेका छन् । अत्तरिया बसपर्कमा रहेका सबै समितीका काउण्टरहरु बन्द रहेका छन् । यातायातको साधनको  पर्खाईमा अत्तरिया बसपार्कमा दर्जनौ यात्रुहरु बसेका छन् । तर सवारीका साधन चल्ने कुराको कुनै टुङो नहुँदा उनिहरु अलपत्र परेका छन् ।   

प्रतिकृया दिनुहोस

कन्चनपुरको कृष्णपुरमा चाउमिन खाँदा दुई बालकको मृत्यु

कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय

सृजनशिल महिला विकाश बहुउद्देश्यिय सहकारी संस्थाको अध्यक्षमा लक्ष्मी विनाडी

अत्तरिया , मंसिर २९ । कैलालीको गोदावरी नगरपालीका –८ जमुनानगरमा रहेको सृजनशिल महिला विकाश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समिती

कैलालीको दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालय परिसरबाटै व्यापारीको सामान गायब

टीकापुर,मंसिर २९ ।  कैलालीको  दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयबाट व्यापारीको सामान चोरी भएको छ। शुक्रबार दिउँसो भारतीय