नेपाल अाईडलमा प्रदेश ७ का एक्ला प्रतियोगी रबि ओड को आज अग्नी परिक्षा हुँदै

अत्तरिया ,असोज ४ । 
नेपालको चर्चित रियालिटी शो नेपाल अाईडलमा अहिले सम्म टिकेका रबि ओड आज के हुन्छ सबैलाई कौतहलता भएको छ । कृष्णपुर गुलरियाका रबि उक्त प्रतियोगितामा सात नम्बर प्रदेशबाट अहिले सम्म एक्लै भएनि भिडिरहेका छन ।गत हप्ता सम्पन्न पियानो राउण्ड का सहभागी कुल १०  जना प्रतियोगी  मध्ये ६ जना छ्नौट भएका छन। आजको राउण्डमा रबिको पालो छ । यसमा पनि १० जना प्रतिष्पर्धामा छन् । जसबाट पनि ६ जना छनौट हुनेछन्। पहिलो राउण्डबाट छनौट भएका ६ जाना र आजको राउण्डबाट छ्नौट हुने ६ जाना गरी जमा १२ जाना भोटिङ राउण्डमा जानेछन्  । र बिले धनगढी अडिसनबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।  आजको प्रतियोगितामा पनि रबिले छनौट हुने आशा गरेका छन्। नेपाल अाईडल नेपाली समय अनुसार आज राति ८:३० बजे एपी १ टेलीभिजनमा प्रशारण हुने भएको छ ।  
   काे हुन रवि अाेड ?

कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र  अाेड र अामा  उमा अाेडकाे काेखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि अामा बुवाकाे तेस्राे सन्तान हुन । मुख्य अायश्राेत र राेजिराेटिकाे अाधार भारतकाे ‘वाचम्यान’काे जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनकाे पुर्ख्याैली थलाे साविककाे अछाम बुढाकाेट गाविस हाे भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छाेडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र अाफ्नाे पुर्ख्याैली थलाेमा पुग्ने अधुराे रहर भनै अझै जिवितै छ । लाेटस अाइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितकाे रसले छाेइरहेकाे छ । बाध्यता गरिवीकाे जिन्दगीले पिल्सिएका रविका  बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानकाे’ काम गरिरहेका छन । उनि अाफै पनि भारतमा गएर काम गरेकाे स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले । सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याकाे प्रेरणाबाट गीत संगितमा लागेकाे बताउछँन् । 

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत