अत्तरिया उधोग बाणिज्य संघमा प्रजातान्त्रिक ब्यबसायीहरुको नेत्रित्व गर्दै देबकोटाको टिम सार्बजनिक( भिडियो सहित )

अत्तरिया ,असोज ५ । 
आगामी १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । कार्यसमितीका बर्तमान उपाध्यक्ष टिकाराम आचार्य र महासचिब अशोकराज देबकोटा आगामी कार्यकालको अध्यक्षका लागी चुनाबी  प्रतिष्पर्धामा होमिएका हून ।अत्तरियाका ब्यबसायीहरु राजनितिक रुपमा नै दुई धुर्बमा बांडिएका छन् । कांग्रेस समर्थक ब्यबसायीहरुले अशोक देबकोटा नेत्रित्वको प्यानललाई समर्थन गरेका छन् भने बामपन्थी नजिकका ब्यबसायीहरुले टिकाराम आचार्यले नेत्रित्व गरेको प्यानललाई समर्थन गरेको छ । बर्तमान अध्यक्ष बसन्त रोकायाले देबकोटाको प्यानललाई समर्थन गरेका छन् भने बरिष्ट उपाध्यक्ष दुर्गा पर्साईले आचार्यको प्यानललाई समर्थन गरेका छन् । देबकोटा नेत्रित्वको प्यानलले आज पत्रकार सम्मेलन गरी आफ्नो टिम सार्बजनिक गरेको छ । देबकोटा अध्यक्ष रहेको प्यानलमा उपाध्यक्ष (उधोग ) तर्फ कल्याण सिंह बोहरा , (बाणीज्य ) तर्फ कबिराज भट्ट ,(बस्तुगत ) तर्फ कमल कडायत रहेका छन् । यस्तै महासचिबमा यग्य राज जोशी ,सचिबमा शंकर बाहादुर खड्का ,कोषाध्यक्षमा सिता देबी सोप रहेका छन् । देबकोटा प्यानलबाट सदस्यमा देबराज भट्ट ,दिलिप कुमार साउंद ,रबिन्द्र खनाल र दिपक बोहरा रहेका छन् । टिम सार्बजनिक समारोहमा देबकोटा प्यानल आफ्नो घोषणा पत्र पनि सार्बजनिक गरेको छ । सभालाई सम्बोधन गर्दै देबकोटाले आफु बजार ब्यबस्थापन देखी सकृय भएकोले आफुने नेत्रित्व पाउनु पर्ने दाबी स्वभाबिक रहेको बताए । "मैले उधोग बाणिज्य सँघमा रहेर के के काम गरेको छु, सबै कुरो ब्यबसायी साथीहरुलाई थाहा नै छ ", उनले भने -" ब्यबसायीहरुको संस्था हो सधैं ब्यबसायीहरुको शुख दु:खमा हिंडेको छु ,मेरो जित हुन्छ "। उनले आफ्नो टिमले चुनाव जिते अत्तरिया उधोग बाणिज्य संघलाई प्रदेश स्तरिय उधोग बाणीज्य संघ बनाउने योजना रहेको बताए । सभालाई सम्बोधन गर्दै बर्तमान अध्यक्ष बसन्त रोकायाले नयाँ नेत्रित्वको लागी चुनाव नभएर सहमतीबाट होस् भन्ने आफ्नो चाहाना भएपनि त्यसो नहुँदा  आफु दुखी भएको  बताए । आचार्य नेत्रित्वको प्यानलले हिजो नै आफ्नो टिम सार्बजनिक गरेको छ । संघमा कुल ७७१ साधारण सदस्यहरु रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको