लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।  

नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो ।"त्यसै पनि पद अनुसार नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देश थियो । पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ती  थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो ।पूर्व माओवादी र पूर्व एमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशिको नाम मुख्य नेतृत्व तहका लागि सहमती भै सकेको अवस्था थियो ।थारु समुदायबाट कसैलाई समेट्न कि लक्ष्मी  जोशीलाई लिस्टबाट झिक्नु पर्थ्यो तर  जोशीको नाम सचिव पदका लागि सिफारिस भएको थियो ।तर लेखराजले आफ्नै लागि अप्रीय निर्णय गरे । उनले पुराना थारु नेता सिहराज चौधरीलाई सचिव पदका लागि सिफारिस गरे । सिहराजलाई सिफारिस गर्नुको अर्थ लक्ष्मी जोशी आउट हुनु थियो । लेखराजले एकपटक फेरि त्यागको मनस्थिती बनाए ।  उनले सचिवका लागि प्रस्तावित लक्ष्मी जोशिलाई सह इन्चार्जमा प्रस्ताव गरे । उनले थारु समुदायबाट नेतृत्व ल्याउन नखोजेको भए या लक्ष्मी  जोशिलाई हटाएको भए उनी या भीम रावल मध्ये एक जना इन्चार्ज र अर्को सह इन्चार्ज हुने अवस्था थियो ।यस अघि ओली सरकार गठनको बेला तत्कालिन परिस्थितिको आकलन गरि लेखराज भट्टले मन्त्री पदमा बीना मगरलाइ सिफारिस गरेका थिए । बेला बेलामा  भट्टलाई थारु विरोधिका रुपमा समेत चित्रण गर्न खोजिएको थियो  । तर नेता भट्टले निर्णायक अवस्थामा आफुले पाएको समेत पद धरापमा राखेर थारु समुदायबाट प्रदेश सचिवमा सिफारिश गरेको स्रोतले बतायो । नेता भट्ट्ले सिफारिस गरे अनुरूप नै आज बसेको नेकपा सचिवालयको बैठकले प्रदेश नम्बर ७ को इन्चार्जमा भीम रावल, सह इन्चार्जमा लक्ष्मी जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा सिहराज (नेप ) चौधरिलाई चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक शुरु

काठमाडौं,मंसिर २९ ।   एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय  धुम्बराहीमा शनिबार दिउँसो

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको