अत्तरियाका ब्यबसायीहरुमा चुनाबी सरगर्मी बढ्यो

अत्तरिया ,असोज ७ । 
अत्तरिया उधोग बाणिज्य संघको असोज १२ गते हुने नयाँ नेत्रित्वको निर्बाचन सरगर्मी बढेको छ । सहमती नजुटेपछि ब्यबसायीहरुका दुई प्यानल बनेका  छन् । अशोकराज देबकोटा नेत्रित्वको प्यानल र टिकाराम आचार्य नेत्रित्वको प्यानल ब्यबसायीहरुलाई आ- आफ्नो पक्षमा पार्न भोट माग्न थालेका छन् । सहमती नहुनुमा दुबै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका  छन् । बर्तमान अध्यक्ष बसन्त रोकायाले अशोक देबकोटा प्यानललाई समर्थन गरेका छन् भने बर्तमान बरिष्ट उपाध्यक्ष दुर्गा पर्साईले आचार्य नेत्रित्वको प्यानललाई समर्थन गरेका छन् । बजार ब्यबस्थापन हुँदै उधोग बाणिज्य संघ सम्म पुगेको उक्त संस्थाको नेत्रित्वको लागी निर्बाचन भने पहिलो पटक हुन लागेको हो । राजनितिक रुपमा नै ब्यबसायीहरु दुई धुर्बमा लागेका छन् । आफ्नो पार्टी समर्थक प्यानललाई जिताउन स्थानिय पार्टीका नेताहरु पनि दौडधुपमा लागेका छन् । दुबै समुहले अत्तरिया बजार ,गेटा ,लालपुर , स्याउले ,गोदावरी लगाएतका क्षेत्रमा रहेका मतदाताहरु सँग भेटघाट र भोट माग्ने कार्यलाई तिब्रता दिएका छन् । संघले गत महिनाको अन्तिम तिर नयाँ सदस्यता खोलेको थियो । उक्त दुई दिनको समयमा झण्डै ३०० नयाँ सदस्यहरु थपिएका छन् ।संघका झण्डै ७७१  मतदाता रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको