'लाइछेउ बेसन' पुन रिमेक गरेर नयाँ भर्सनमा बजारमा

काठमाण्डौ ,असोज ७ । 
करिब १४ वर्षअघि रिमा रेकर्डिङले बजारमा ल्याएको गीत थियो लाइछेउ बेसन  गायक नारायण रायमाझीले पुन रिमेक गरेर नयाँ भर्सनमा बजारमा ल्याएका छन् ।समाजमा भए गरेका विकृतिलाई लक्षित गर्दै आएको यो गीत यतिखेर सबैले मन पराएका छन् ।  पहिला सिन्धु मल्लसँग गाएका गायक रायमाझीले रिमेक भर्सनमा भने मेलिना राईले गाएकी छन् । पहिला वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको यस गीतमा अहिले भने नयाँ अनुहारको जमात नयाँ रुपमा प्रस्तुत भएका छन् ।नारायण रायमाझीको लय, रमेश बिजीको शब्द रहेको यस गीतमा लय पुरानै छ तर पुनः ताजकी दिने हिसाबले नयाँ एरेन्जमेन्टमा बीबी अनुरागीले समेत स्वर दिएका छन् । भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र विन्दु खड्काले गरेका छन् । शेरबहादुर गुरुङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पूजा महर्जन, मिरा खड्का, विकास गुरुङ, रोजिना गुरुङ, सुनिल घतानी लगायतका कलाकारहरुको जमघट रहेको छ ।

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत