अत्तरिया उधोग बाणिज्य संघको निर्बाचन - दुबै प्यानलका उम्मेदवार अत्तरिया बजार बाहिर रहेका मतदाता फकाउन सकृय

असोज ८ ,अत्तरिया ।

असोज १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको मतदानको मिती नजीकिंदै जाँदा दुबै प्यानलका उम्मेदवारहरु मतदाता फकाउने अभियानमा जुटेका छन् । अशोकराज देबकोटा नेत्रित्वको प्यानलले आज पनि बजार क्षेत्रका ब्यबसायी मतदातहरुलाई भेटेको छ भने टिकाराम आचार्य नेत्रित्वको प्यानलले स्याउले लालपुर क्षेत्रका मतदाता सँग भेट गरेको छ । दुबै प्यानलले आ आफ्नो जितको दाबी गरे पनि अधिकांस ब्यबसायीहरुले चुनाव गराउनु भन्दा पनि मिलेर आउनु पर्नेमा जोड दिएका छन् । दुबै प्यानलले अत्तरिया बजार भन्दा पनि गेटा , लालपुर र स्याउलेका ब्यबसायी मतदाताहरुमा ध्यान केन्द्रित गरेका छन् । ती ठाउँहरुका मतदाताहरु अधिकांस नयाँ मतदाता हुन् । दुबै प्यानललाई अत्तरिया बजार क्षेत्रबाट बाराबरीको हारहारीमा मत आए बजार बाहिर रहेका मतदाता निर्णायक बन्ने सम्भाबना रहेकोले दुबै टिमले त्यँहा रहेका मतदातामा ध्यान केन्द्रित गरेका हुन् । ब्यबसायीहरुको संस्थाको निर्बाचनलाई राजनीतिक प्रतिष्ठाको को बिषय समेत बन्न थालेपछि पार्टीका नेताहरु समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रचार प्रसारमा जुटेका छन् । केही ब्यबसायीहरुले भने बर्तमान कार्यसमिती भित्र नयाँ नेत्रित्वको लागी सहमती भईसकेको तर पछि दलहरुको हस्तक्षेपका कारण चुनाव हुने स्थिती श्रीजना भएको समेत बताउंदै आएका छन् । देबकोटा नेत्रित्वको प्यानललाई कांग्रेस निकट ब्यबसायीहरुले समर्थन गरेका छन् भने आचार्य नेत्रित्वको प्यानललाई बामपन्थी निकट ब्यबसायीहरुले समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक

इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ ।  वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच