अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी शुक्रबार निर्बाचन हुने

अत्तरिया ,असोज ११ । 
धेरै छलफल र रस्साकस्सी पछि अत्तरिया उधोग बाणिज्य संघको निर्बाचन असोज १२ गते नै हुने भएको छ । केही दिन यता १२ गते साधारण सभा र सोही दिन मतदान गर्ने कि नगर्ने भन्ने अन्योलता का बिच १२ गते नै निर्बाचन र साधारण सभा गर्न सबै पक्ष सहमत भएका हुन् । बिहान ७ बजेदेखी साधारण सभाको प्रकृया शुरु हुने र दिउसो १२ बजे देखी मतदान गर्ने गरी तयारी भएको बरिष्ट उपाध्यक्ष दुर्गा पर्साइले बताए । मतदानलाई छिटो सकाउन १० वटा मतदान केन्द्र बनाएको छ। साधारण सभा र निर्बाचन  संघको नया भबनको हलमा हुनेछ ।

नयाँ नेत्रित्वको लागी बर्तमान महासचिब अशोकराज देबकोटा र बर्तमान उपाध्यक्ष टिकाराम आचार्य प्यानल सहित चुनाबी मैदानमा होमिएका छन् । दुबै पक्षले आफ्ना ब्यबसायी मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । चुनाव आउन केही घण्टा मात्र बांकी रहंदा नतिजा आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा जुटेका छन् । देबकोटा प्यानललाई नेपाली कांग्रेस निकट ब्यबसायीहरुले साथ दिएका छन् भने आचार्य नेत्रित्वको प्यानललाई बामपन्थी निकट ब्यबसायीहरुले साथ दिएका छन् । ब्यबसायीहरु निकट संस्थाको निर्बाचन भए पनि राजनितिक दलका स्थानिय नेता कार्यकर्ताहरु पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रचारमा जुटेका छन् ।

प्रचार प्रसारको अन्तिम समयमा उम्मेदवारहरु एक अर्काका बिरुद्धमा खुलेर नै लागेका छन् । दुबै पक्षले जितको दाबी आ- आफ्नै गरेपनि सहमती नगरेर निर्बाचन गराउन खोजेको भन्दै ब्यबसायीहरुले बर्तमान नेत्रित्व प्रती असन्तुष्टी जनाएका छन् । अध्यक्ष र माहासचिबको चुनाबी प्रतिष्पर्धा बिषेश चासो को बिसय बनेको छ । अध्यक्षका उम्मेदवार देबकोटा होटल ब्यबसायी हुन् भने उनका प्रत्यासी आचार्य फेन्सी ब्यबसायी हुन् ।

देबकोटा अत्तरिया बजार ब्यबस्थापन देखी उधोग बाणिज्य संघ सम्म महत्वपूर्ण पदमा रहंदै आएका छन् भने आचार्य बर्तमान कार्यसमितीमा रहेर महत्वपुर्ण भूमिका खेलेका ब्यबसायी हुन् । त्यस्तै महासचिबका दुबै उम्मेदवार होटेल ब्यबसायी हुन् । देबकोटा प्यानलका महासचिब यग्य राज जोशी बर्तमान कार्य समितीका सदस्य हुन भने आचार्य प्यानलका माहासचिब गणेश महरा बर्तमान कार्य समितीका कोषाध्यक्ष हुन् । दुबै उम्मेदवार बजार क्षेत्रमा बलियो पकड राख्ने ब्यक्तीको रुपमा चिनिने गर्दछन् ।

बजार क्षेत्रमा दुबै प्यानलले बराबरीको मत पाउने आँकलन गरेको भएपनी बजार बाहिर रहेका मतदाता निर्णायक बन्न सक्ने स्व्यम ब्यबसायीहरुले बताएका छन् । अत्तरिया बजार बाहिर लालपुर श्रीपुर ,स्याउले ,गेटा लगाएतका ठाउँहरुमा संघका झन्डै १०० को हारहारीमा सदस्य मतदाता रहेका छन् । प्यानलहरु राजनितिक आस्थाको रुपमा निर्माण गरिए पनि एउटै प्यानल आउने सम्भाबन निकै कम रहेको छ । पदाधिकारी देखी सदस्य सम्म मिक्स नतिजा आउन सक्ने सम्भाबना रहेको छ । ब्यबसायी मतदाताहरुले राजनीतिक रुपमा भोटिङ नगर्ने ब्यक्ती हेरेर मतदान गर्ने बताउने गरेका छन् । संघका झण्डै ७३१  को हारहारीमा सदस्य रहेका छन् । ६ सयको हारहारीमा मतदान हुन सक्ने अनुमान गरिएको छ ।           

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको