नेपाल आइडलमा सुदूरपश्चिमका एक मात्र प्रतिस्पर्धी रहेका रविलाई कसरी भोट गर्ने ( तरिका सहित)

काठमाडौँ, असोज ११ ।
नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला। त्यसकारण हामी जानकारी गराउँदै छौं । सबैभन्दा पहिले मोबाइलको म्यासेज बक्समा जानुहोस्, अनि १० नम्बर टाइप गरि ३१००९ मा पठाउनुहोस् । भोट गर्न आज (बिहीबार) साँझ ८ः३० देखि शुक्रबार विहान ११ बजेसम्म गर्न सक्नु हुनेछ । भोट नमस्ते, स्काई, एनसिएल, स्मार्ट तथा जुनसुकै सिमबाट पनि गर्न सक्नु हुने छ । केही महिनादेखि नेपालको एक ठूलो ‘गायन रियालीट शो’ नेपाल आइडल सिजन(२ प्रशारण भइरहेको छ । सिजन(२ मा पनि थुप्रै मिहिनेती प्रतिस्पर्धी छन् । उनीहरुबीच अहिले प्रतिस्पर्धाको रौनक झन बढेको छ । कठिन प्रतिस्पर्धाबीच मैदानमा छन्,( प्रदेश सातबाट मिठो आवाज भएका रबि वड । उनी नेपाल आइडलमा अब प्रदेश सातबाट प्रतिस्पर्धा गर्ने एक मात्र प्रतिस्पर्धी हुन् । रबिको आवाजमा जादू छ । त्यसकारण त उनी आइडलमै छन् । रबिको आवाजको जति प्रशंसा गरेपनि कम हुन्छ । हालको प्रदेश सात (साविक सुदूरपश्चिम विकास क्षेत्र)बाट पनि आइडलको उपाधि जित्ने सम्भावना भएका थुप्रै प्रतिस्पर्धी थिए । तर, उपाधिका जित्ने दौडमा रहेका सम्भावित प्रतिस्पर्धी आउट भएका छन् । एद्यपि रबि भने अहिलेसम्म घर फिर्ता हुनबाट जोगिएका छन् । रबिले आफ्नो संगीत यात्रा शुरुवात धनगढी स्थित एक दोहोरी साँझबाट गरेका हुन् । आर्थिक स्थिती कमजोर भएको परिवारमा जन्म लिएका उनले आफ्नो बाजेको प्रेरणाबाट गीत संगितमा लागेको सुनाउँछन् । रबिले सांगीतक क्षेत्रमा अगाडि बढ्ने प्रेरणाबारे भने, ‘हजुरबुबा गीत गाउनुहुन्थ्यो विशेष गरि म यो क्षेत्रमा आउन उहाँबाट नै प्रभावित भए।’ रबिको घर कञ्चनपुर हो । अहिले उनी २० वर्षका भए । रबिका बुवा भारतमा वाचम्यानको काम गर्ने गर्दछन् । आमाको भने केही वर्षअघि घाँटीको समस्याले निधन भइसकेको छ । रबिले आइ परे जस्तोसुकै गीतलाई पनि न्याय दिन सक्छन् । उनले मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी  भाका पनि मिठो लयमा गाउन सक्छन् ।

 

यस्तै, लोकदोहोरी, पप, हिन्दी गीत त उनले सजिलै गाउन सक्छन् । विशेष गरि उनले शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु गुन गुनाउँछन् । रबिले ‘पियानो राउण्ड’ पूरा गरिसकेका छन् । उनी अहिले ‘उत्कृष्ट १२’ भित्र पर्न सफल भएका छन् । रबिले धनगढी अडिसनबाट भाग लिएका हुन् । उनने पहिलो चरणमा कमल खत्रीको ‘अब जाउँला रेलैमा, माया तिम्रो साथैमा’ बोलको गीत गाएर ‘गोल्डेन टिकट’ पाएका थिए । त्यसपछि उनले ग्रुपमा ‘पार्यो भुतुक्कै’, थिएटर राउण्ड पूरा गर्दा सुगम पोखरेलको ‘झिल्केले जाल बुन्यो’ बोलको गीतले साथ दियो । र गाला राउण्डमा पुर्याउन ‘फेवा तालमा साइली’ र ‘तिमि रोएको पल’ले महत्वपूर्ण भूमिका खेल्यो । गायक वडको पुख्र्यौली घर अछाम हो ।

उनको उनको यात्रा झन कठिन बनेको छ । आगामी यात्रा उनले बढि मिहिनेत गर्न जरुरी छ । किनकी अब कोहीभन्दा कम प्रतिस्पर्धी छैनन् । अब रवि झन कठिन मोडमा पुगेका छन् । कठिन यस अर्थमा कि आगामी चरणमा भोटिङबाट अगाडि बढ्ने हो । यसकारण उनको यात्राबारे यसै भन्न गाह्रो छ । तर, यथार्थ यो होकि रविले आइडलको उपाधि जित्न निकै मुस्कील छ । अझ भनौं सयमा दश प्रतिशत मात्रै । कसरी भन्ने पश्न आउँछ । यसको सरल जवाफ छ भोटिङमा सुपका अधिकांश बासिन्दा ज्ञानी छैनन् । र, हौसल पनि जति अरु ठाउँको हुन्छ त्यतित्यहाँबाट हुन्न । यसको ज्वलन्त उदाहरण गएको संस्करणमा पनि हेर्न सक्छौं सन्ध्या जोशीले पर्याप्त भोट नपाएरै उत्कृष्ट पाँचसम्म पनि पुग्न सकिनन् । उनी टप(९ बाटै घर फिर्ता भएकी थिइन् । यद्यपि, अरु ठाउँका प्रतिस्पर्धीलाई जिताउन एकजुट हुने, सामाजिक सञ्जालको प्रशस्त उपयोग गर्नेलगायत उपाय रचिन्छन् । तर, सुदूरपश्चिममा यसको अलि अभाव छ । त्यसकारण अब रविलाई सके उपाधि जिताउने तवरबाट लागौं त्यति सकिन्न भने टप भाइभसम्म पुर्याएर उनको सांगीतक जीवनको यात्रा सुन्दर बनाउन सहयोग गरौं ।

 

हुनत आफूमा राम्रो प्रस्तुति भयो र दर्शक स्रोताको ध्यान आकृष्ट गर्न सक्यो भने न क्षेत्रियता चाहिन्छ नत जातियता । त्यसकारण रवि पनि दमदार तवरबाट प्रस्तुत हुनुपर्छ ।

प्रदेश सातका एक मात्रै प्रतिस्पर्धी भएकाले अब उनमा हौसला भर्न आवश्यक देखिन्छ । त्यसका लागि सम्पूर्णले उनलाई सहयोग गर्न आवश्यक छ । त्यो सहयोग अहिलेलाई माया र साथ हो । विशेष गरि उनले प्रदेश सातबाट प्रतिधित्व गरेकाले उनलाई यहाँका नागरिकले बढी साथ र माया दिन आवश्यक छ । अब हेर्दै जाउ रबिको नेपाल आइडल यात्रा कहाँसम्म पुग्छ । आशा गरौं उनले नै आइडलको उपाधि जित्न सफल हुन् ।

 

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत