प्रदेश सभा बैठक मंगलबार पनि अबरुद्ध

धनगढी ,असोज १७ । 

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक मंगलबार पनि अबरुद्ध भएको छ  । असोज १४ गतेको प्रदेश सभा बैठकमा प्रदेशको स्थायी राजधानीका बिषयमा असहमति जनाउँदै प्रतिपक्ष दल नेपाली काँग्रेस र राजपाले नाराबाजी गरेपछि असोज १६ गते मंगलबार दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो । मंगलबार दिउसो प्रदेश सांसद दिउसो १ बजे प्रदेश सभा भवन भित्र पुगे पनि प्रतिपक्षले अवरोध गर्ने संकेत पाएपछि सहमतिका लागि भन्दै ३ बजे सारिएको सचिवालयले सुचना टाँस गर्यो । लगत्तै  प्रतिपक्षी, सत्तापक्ष संग सहमतिका लागि सभामुखले प्रयास गरे पनि सहमति नहुँदा सुचना टाँस गरि असोज १७ गते बुधबार दिउसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गरायो ।  असोज १२ गते शुक्रबारको प्रदेश सभा बैठकले दुई तिहाईका आधारमा ७ नंम्बर प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी र नाम सुदूरपशिचम निर्णय गरेको थियो । त्यस दिनको बैठक प्रतिपक्षी काँग्रेस र राजपाले बहिस्कार गरेको थियो ।   प्रतिपक्षले बहिस्कार गरेपनि सभामुखले बैठकको प्रकृया अघि बढाई दुई तिहाईका साथ स्थायी राजधानी र नाम घोषणा गरेका थिए । 

प्रतिकृया दिनुहोस

धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०।  पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै

सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु