संसदको दुई तिहाई मतले स्थायी राजधानी र नामाकरणको निर्णय भएकोले निर्णय परिबर्तन हुँदैन - मन्त्री सोडारी

धनगढी ,असोज १७। 
बुधबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरेको छ ।तर अर्को प्रतिपक्षी दल राजपाले प्रदेश सभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै समर्थन जनाएपछि संचालन भएको थियो ।नेपाली कांग्रेसका सांसदले भने बैठक सुरु हुनासाथ आफ्नो सिटबाट उठेर बिरोध जनाएका थिए । तिन पटक सम्म आफ्नो सिटमा बस्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि कांग्रेस संसदिय दलका नेतालाई के कुरामा   असहमती हो राख्न आग्रह गरे । सभामुखको आग्रह पछि संसदिय दलका नेता रणबहादुर रावलले प्रतिपक्षिको उपस्थिती विना असोज १२ गतेको प्रदेश सभाले गरेको प्रदेशको नामाकरण र स्थायी राजधानी नसच्चाए सम्म कांग्रेसले संसद बहिस्कार गर्ने बताए ।कांग्रेस सांसदको बहिस्कार पछि सभामुखले पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई सरकारको धारणा राख्न समय दिए । मन्त्री सोडारीले दुई तिहाई मतका साथ स्थायी राजधानी र नामाकरणको निर्णय भएकाले यसमा कुनै परिबर्तन नहुने बताए । उनले अन्य बिषयमा छलफल र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै प्रतिपक्षी दल कांग्रेसलाई बैठकमा सहभागि हुन आग्रह गरे । प्रमुख  प्रतिपक्षको बहिष्कारका बिच सुदुरपश्चिम प्रदेश प्रदेश सभाका बिषयगत समितिको निर्वाचन असोज २२ गते हुने भएको छ । प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले समिति सभापतिको निर्वाचनको मिति घोषणा गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा  अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चार वटा समिति रहेका छन् ।प्रदेश सभाको अर्को बैठक असोज १८ गते बिहिवार दिउँसो २ बजे बस्नेछ । 
 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र