सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीको निर्णय परिबर्तन गराउने षडयन्त्र शुरु भए कडा आन्दोलन गर्ने चेतावनी

फोटो फाइल

अत्तरिया ,असोज १७ । 
सरकारको बहुमतको निर्णयलाई फेल गराउन राजधानीको बिषयमा गलत टिका टिप्पणी शुरु भएको भन्दै अत्तरियाका स्थानियले दबाब मुलक कार्यक्रम शुरु गरेका छन्। उनिहरुले अत्तरिया चोकमा जम्मा भई र्याली समेत निकालेका छन् । स्थानिय राजनितिक दलहरुको अगुवाईमा र्याली निकालेका हुन् । दलका अगुवा नेताहरुले संचार माध्यमहरुले अनाबश्यक र हुँदै नभएको कुराहरुले लेखेर समाजलाई तरंगित पार्न खोजेको आरोप लगाए। र्यालीमा सहभागीहरुले सुदुरपश्चिम प्रदेशको राजधानी सरकारले गोदावरी तोकेपछि निर्णयका बिरुद्ध लगातार बिभिन्न कोणबाट हमला भईरहेको बताए । नेकपाका युबा नेता आनन्द भट्टले सरकारले निर्णय गरिसकेको बिषयमा बिबाद गर्नुको कुनै अर्थ नहुने बताए ।'मिडिया पनि सम्बेदनशिल बन्नु पर्‍यो',उनले भने-'चुरे र बनको नाममा राजधानी अन्यत्रै सार्न खोजे कडा प्रतिकार गर्छौ'। स्थानिय अगुवा टिका दत्त जोशीले राजधानीको लागी उपयुक्त ठाउँ नै गोदावरी रहेको बताए । बनको प्रयोग गर्ने पनि सरकार हो र ब्यबस्थापन गर्ने पनि सरकार हो त्यसैले बनको कम क्षती हुने ठाउँलाई सरकारले रोजेको हुन सक्ने जोशीको भनाई रहेको छ । गोदावरी नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष शर्मानन्द भट्टले प्रदेश सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताए । उनले भने -धनगढीमा आस्थायी राजधानी बनाउंदा अत्तरिया बासीले पनि स्वागत गरेको स्मरण गर्नु पर्दछ त्यसैले यो धनगढी र अत्तरिया बिचको दुरी पनि धेरै टाढा होइन भोली महानगरपालिका बनाउने तर्फ लाग्नु पर्दछ ।बिबेकशिल साझा पार्टीका कैलाली निर्बाचन क्षेत्र न ४ का संयोजक धिरेन बोगटीले बिधी र प्रकृयाबाट भएको निर्णय सबैले मान्नु पर्ने बताए । 'अहिले आएर बिबाद गर्नु को अर्थ छैन,' बोगटीले भने - 'जुन निर्णय भएको छ त्यो ठिकै छ कि पहिले नै पर्याप्त छलफल गर्नु पर्ने थियो' । 

प्रतिकृया दिनुहोस

झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक शुरु

काठमाडौं,मंसिर २९ ।   एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय  धुम्बराहीमा शनिबार दिउँसो

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको