सुदुरपश्चिम प्रदेशका एक्ला प्रतियोगी रबि ओड आज टप १० प्रबेश का लागी प्रतिस्पर्धा गर्दै

अत्तरिया, असोज १८ ।  
सुदुरपश्चिम प्रदेशका एक्ला प्रतियोगी रबि ओड आज टप १० प्रबेश का लागी प्रतिस्पर्धा गर्दै छन् । नेपालको सबै भन्दा ठुलो सिंगिङ रियालिटी शो नेपाल अाईडलमा उनी यस प्रदेशबाट अहिले सम्म छनौट हुँदै आएका छन् । कन्चनपुरको  कृष्णपुर घर भएका रबिको अहिले सम्मको प्रस्तुती दर्शक श्रोताले धेरै मन पराएका छन् । दर्शकको भोटिङको आधारमा अबको उनको यात्रा तय हुनेछ । उनले सुदुरपश्चिम प्रदेशका सबै शुभचिन्तकहरुलाई भोटिङ गर्न अनुरोध गरेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा यस्तो लेखेका छन् :-

आज मेरो लागि एकदमै महत्वपूर्ण दिन रहेको छ। नेपाल आईडलको टप १० प्रबेश का लागि म आज नेपाल आईडलको मन्चमा प्रतिस्पर्धा गर्न गैरहेको छु। हजुरहरु सम्पुर्णको साथ र सपोट का साथ मन्चमा प्रस्तुत हुनेछु। म आफुले १००% दिनेनै छु साथसाथै मलाई हजुरहरु सम्पुर्ण को माया अनि सपोटको ठुलो खाँचो छ। आशा छ सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुले मलाई धेरै भन्दा धेरै भोट गरिदिनुहुने र सम्पूर्णमा हार्दिक अनुरोध पनि छ । 

भोटिङ कसरी गर्ने ?
रबिलाई  भोट दिन मोबाइलको Message Box मा गएर 10 टाईप गरि 31009 मा पठाउनु पर्ने हुन्छ । भोटिङ बिहीवार  राति ८:३० बजेबाट खुल्ला हुनेछ र शुक्रबार  बिहान १२ बजे सम्म गर्न सकिनेछ। बिदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरि उनको  कोडमा गई भोट गर्नु पर्ने हुन्छ । 

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत