गोदावरी ले अब थारु र पाहाडी सामुदायलाई पनि जोड्नेछ - सांसद चुनुकुमारी चौधरी (भिडियो)

तेघरी ,असोज १८ । 
प्रदेश सांसद चुनुकुमारी चौधरीले सबै पार्टीको सर- सल्लाहामा नै सुदुरपश्चिम प्रदेश  राजधानी गोदावरी बनाएको बताउनु भएको छ ।  गोदावरी न्युज डटकम  सँग कुराकानी गर्दै उंहाले सो कुरा बताउनु भएको हो । राजधानी तोकेपछि चुरे बिनासको कुरा जसरी आयो यो सत्य नभएको उँहाको  भनाई रहेको छ । 'बन क्षेत्रमा लामो समय देखी मैले नि काम गरेको छु,' उँहाले भन्नुभयो- 'पुरै बन बिनास गरेर राजधानी बनाउने होइन ,बनलाई पनि संरक्षण गर्छौ ,राजधानीको संरचना  पनि निर्माण गर्छौ । उँहाले संबिधानलाई टेकेर गरेको यो  निर्णय कुनै पनि हालतमा परिबर्तन नहुने बताउनु भयो । सरकारद्वारा गठित राजधानीको नाम र सिमाङन  निर्धारण समितीकी सदस्य समेत रहेकी चौधरीले बनको मुद्धा भन्दा पनि राजनितिक मुद्दा महत्वपूर्ण रहेको बताउनु भयो । गोदावरी ले अब थारु र पाहाडी सामुदायलाई पनि जोड्ने उँहाको भनाई रहेको छ । चौधरीले सबैलाई मान्य निर्णय निकाल्न गार्हो हुने भएपनि अरु ठाउँ भन्दा गोदावरी ठीक रहेको बताउनु भयो । चौधरीले भुगोल र राजनितिक रुपमा सबैलाई उपयुक्त हुने गरी धेरै छलफल गरेर निर्णय गरिएको बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस

झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक शुरु

काठमाडौं,मंसिर २९ ।   एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय  धुम्बराहीमा शनिबार दिउँसो

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको