शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ । 
कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो समयदेखि काठमाडौं बसेकाले क्याम्पस संचालनमा समस्या भएको भन्दै बिहीबार शिक्षक, कर्मचारीले शैक्षिक हड्ताल गरेका हुन् । क्याम्पस प्रमुखको लापरवाहीका कारण तलबदेखि दैनिक कार्य संचालनमा समस्या भएकाले भन्दै शिक्षक कर्मचारीले एकदिने हड्ताल गरेको बताएका छन् ।निमित्त क्याम्पस प्रमुख जंगबहादुर खड्काले क्याम्पस प्रमुख एक महिना भन्दा बढि समयदेखि अनुपस्थित हुँदा शिक्षक कर्मचारीको चार महिनादेखि तलब रोकिएको बताए । ‘हामीले चार चार महिनासम्म तलबबिनै काम गरेका छौँ, ‘उनले भने, ‘क्याम्पस प्रमुखलाई हाम्रो, विद्यार्थी र क्याम्पसको समस्या बारे वास्ता छैन ।’ क्याम्पस प्रमुख नहुँदा दैनिक कार्य संचालनमा समेत बाधा पुगेको उनको भनाई छ । क्याम्पस बन्दका कारण ७५० विद्यार्थीको पठन पाठन अवरुद्ध भएको छ । उनीहरुले क्याम्पस प्रमुखकै कारण समस्या उत्पन्न भएको बताएका छन् ।विज्ञान क्याम्पसका प्रमुख विमला शाक्यले आफू बिरामी भएकाले मात्रै राजधानी बसेको बताइन् । उनले आफू आउनेबेला क्याम्पसमा तालाबन्दी गरेकाले तलब खुवाउन नसकिएको तर्क गरिन् 

प्रतिकृया दिनुहोस

शैक्षिक हडतालको कारण पठन पाठन ठप्प

अत्तरिया,माघ २४ ।  बिप्लब माओवादी निकट खिल (क्रान्तिकारी)ले विहीबार (आज ) गरेको  शैक्षिक हडताल को कारण पठन पाठन ठप्प भएको छ । अखिल क्रान्तिकारीले

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७६

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो