तेधरीमा प्रथम गौरीशंकर फुटबल प्रतियोगिता सुरु , सुरुवाती खेलमै आयोजक विजयी

अत्तरिया , असोज १८ ।

कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको गौरीशंकर टोल सुधार समितिको आयोजनामा आजवाट प्रथम गौरीशंकर फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्व नजिकिदै जादा सोहि पर्वको अबसर पारेर टोल सुधार समितीका युवाहरुको समुहले प्रतियोगिताको आयोजना गरेका हुन् । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं २ का वडा सदस्य कमल कडायतले उद्घाटन गर्नुभएको हो ।

खेल संयोजक धर्मराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अत्तरिया उधोग बाणिज्य संघका सचिब शंकर खड्का र रेडक्रस अत्तरिया उप शाखाका सचिब भरत खड्का बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा ने.वि संघ सुदुरपश्चिम बिश्वधिालयका सह संयोजक पदमराज ओझा , बिभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी , बुद्धिजिवी लगाएतको सहभागिता रहेको थियो । उद्घाटनसंगै भएको आजको पहिलो खेलमा आयोजककै टिम बि बिजयी भएको छ । आयोजक गौरीशंकर टोल सुधार समितिको टिम बि र ज्वालादेवी युवा क्लब बास्कोटाका बिच भएको खेलमा ० का बिरुद्ध २ गोल गर्दै टिम बि बिजय भएको हो ।

 

यस क्षेत्रमा रहेका बिभन्न क्लबहरुका ११ ओटा टिमहरु सहभागि रहेको सो प्रतियोगिता २४ गते सम्म चल्ने छ । प्रतियोगिताको बिजेताले टिमले १० हजार १ नगद सहित मेडल र प्रमाण पत्र , उप विजेताले ५ हजार १ नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक जोशीले बताए । यसैगरि उतकृक्ष्ट खेलाडी , उतकृष्ट किपर र उदमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको ब्यबस्था गरिएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

चर्चित भेट्रान बलर शक्ति गौचनले क्रिकेट यात्राबाट संन्यास लिए

पोखरा,मंसिर २९ ।   नेपालका चर्चित भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट आज संन्यास लिएका छन्।एभरेस्ट प्रिमियर लिग (इपिए) को

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल