सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णयको बिरोधमा उत्रन देउबाको पार्टीका नेता कार्यकर्तालाई निर्देशन

फोटो फाइल

काठमाण्डौ ,असोज २० । 
प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाएको प्रति आपत्ती जनाएका छन् ।  शनिबार नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो निर्णयको बिरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । गोदावरी भन्दा दिपायल ठीक थियो उनले भने - वातावरणीय लगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको छ,रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको हो । सभापति देउवाले सुदुरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने बताए । अर्को प्रसँगमा देउबाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी