कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० । 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो ।बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ तीन लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।
सभार - नयाँ पत्रिका 

प्रतिकृया दिनुहोस

अत्तरियामा रहेको जे.के स्कुल आफ्नै सुबिधा सम्पन्न भवनमा

अत्तरिया , मंसिर २९ ।  कैलालीको अत्तरियामा रहेको जे.के माध्यामिक बिधालय आजवाट आफ्नै सुबिधा सम्पन्न भवनमा सरेको छ । बिधालयको नवनिर्मित भवनको

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त

यस बर्ष एसइई १० चैतबाट शुरु हुँदै -सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै

काठमाण्डौ, मंसिर १३ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने