यस वर्षको मनसुन करिव चार महिनापछि सकियो

फाईल फोटो

अत्तरिया , असोज २१ ।

यस वर्षको मनसुन करिव चार महिनापछि शनिवारवाट सकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार जेठ २५ गतेबाट सुरु भएको मनसुन मुलुकको सबै भु–भागबाट बाहिरिएको होे । यस बर्ष २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको हो । सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यो वर्ष मनसुनमा देशभर नै औसतमा पानी परेको महाशाखाले जनाएको छ ।

सामान्यतया नेपालमा असोज पहिलो सातामा मनसुन बाहिरिने भए पनि पछिल्ला केही वर्षयता सातादेखि दुईसातासम्म मनसुन लम्बिने गरेको छ । औसत १ सय दिन मनसुनी वर्षा हुने गरेको छ । नेपालमा जेठ अन्तिम साता मनसुन प्रवेश हुन्छ ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न