योगेश्वर कला साहित्य पुरस्कार साहत्यिकार जोशीलाइ प्रदान

धनगढी ,असोज २१ । 
यस वर्षको योगेश्वर कला साहित्य पुरस्कार धनगढीका साहत्यिकार पदमराज जोशी 'प्रभात'  लाइ प्रदान गरीएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज आईतबार एक  कार्यक्रमका विच जोशीलाई उक्त पुरस्कार प्रदान गरेका छन् । नेपाली साहित्य र समाज सेवामा पु¥याएको योगदानको कदर स्वरुप जोशीलाई  नगद २५ हजार रुपैंया र ताम्रपत्र प्रदान गरिएको हो ।  नेपाली कला साहित्य डट कम प्रतिष्ठानले यस बर्षको उक्त पुरस्कार जोशीलाई प्रदान गर्ने निर्णय गरेको थियो । कार्यक्रमम नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी लगायत देशभरका दर्जन बढी र स्थानीय साहित्यकारहरुको पनि सहभागीता रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष एवं कवि राजेश्वर कार्कीले आफ्ना पिताको स्मृतिमा एक दशक अघि उक्त पुरस्कार स्थापना गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत