कविता-‘डोटीको शिरको छेदन किन ?

डोटीको शिरको छेदन मानको मर्दन ।
डोटीका दुस्मन मिली छिनाल्यो गर्दन ।।

पैल्यैदेखि राजधानी केन्द्र भई आएको ।
क्षेत्रको सदरमुकाम मान्यता पाएको ।।

को लाग्यो दुस्मन ऐले राजधानी सा¥यो ।
पहाडका सातै जिल्ला अँध्यारोमा पा¥यो ।।

सात सौ वर्षको हाम्रो इतिहास मेटयो ।
डोटीको गौरव मास्ने निको मौका भेट्यो ।।

के हो कारण राजधानी डोटीवाट सार्ने ।
सुदूरका नौ जिल्लाको को हो वीच पर्ने ।।

भौगोलिक, जनसंख्या सुरक्षाले हो कि ?
सांस्कृतिक, ऐतिहासिक अन्य कारण छ कि ??

राजधानी केन्द्र तोक्ने केहि आधार छन् ।
डोटी है राजधानी सार्ने के के आधार हुन ।।

जन्ताको सुविधा हो कि नेताको स्वार्थ हो ?
सिंहदरवार गाउँमा भन्ने नारामा मात्र हो ??

कसैको जग्गाको मूल्य वृद्धि गर्न हो कि ?
कसैको वनमासी खाने दिवा स्वप्न छ कि ??

राजधानी वनको विच सार्नु के हो तथ्य ।
सिमानामा राजधानी सार्ने के हो सत्य ।।

क्यै व्यक्तिका स्वार्थखाँतिर कसैका लोभले ।
डाडाँकाँडा नाघि आउनु दुःख पायो लोकले ।।

पहाडका धुरावाट वोर्डरमा आउनु ।
कसैको स्वार्थको खाँतिर जन्ता दुःख पाउनु ।।

घामभैm छर्लङ्ग छ यो को को हुन सार्ने ।
क्षणिक स्वार्थको लागि जनता दुःखमा पार्ने ।।

जन्ताले हिसाव राख्छन कस कसको हात छ ।
ठाउँ वाँझो जन्तालाई दुःख कसकसको साथ छ ।।

 सिमानामा सुरक्षाको समस्या चर्को छ ।
उव्जाउ जग्गा कंक्रिट बन्ने समस्या अर्को छ ।।

प्रकृतिको खानी पहाड देउताको वास ।
धार्मिक तिर्थको भूमि पार्न थाले नास ।।

देवाटवी देउताको वगैचा हो डोटी ।
तपोभूमि देवभूवि देउता तेत्तिस कोटी ।।

प्रकृतिको धनी खप्तड सौन्दर्यको खानी ।
ऋषिले तपस्या गर्ने देवभूमि ठानी ।।

कुवेरको राजधानी ऋषि तपोभूमि ।
श्रृदालु मालिका पुग्छन अन्य तीर्थ घुमि ।।

स्वर्गको अनुभूति हुन्छ खप्तडमा आवँदा ।
मननै प्रपूmल्ल हुन्छ पूmलका भुइँ पाउँदा ।।

खप्तड साईपाल तेले रामारोसन अपि ।
मालिका धार्मिक भूमि सधै रम्ने रवि ।।

पहाड अँध्यारो पारी राजधानी सा¥यो ।
पहाड उजाड बन्ने कसले यस्तो पा¥यो ।।

जनताको मतको कदर हुन्छ सधै भन्थे ।
वहुमतको कदर भनि सधै जनता सुन्थे ।।

कुन जनताको मत थियो सवै आक्रोशित ।
क्यै व्यक्तिको कृत्य देखि जनता आन्दोलित ।।

डोटीको गौरव कत्रो इतिहास कस्तो ।
अस्तित्व अस्मिता लुट्यो मान्छे नभ्या जस्तो ।।

डोटीमा राजधानी हुनु सवै कुरावाट ।
पहाड उजड पारी मास्यो तराई फाँट ।।

डोटी राज्य धेरै ठूलो क्षेत्रमा पैmलेको ।
प्रख्यात एैलेको हैन राजधानी पैलेको ।।

उत्तर ठाकुरजी सम्म पश्चिम कुमाउँका धुरा ।
पूर्वमा कर्णालीसम्म दक्षिण तराई पुरा ।।

डोटी राजा निरैपाल नाग मल्ल रिपु ।
अर्जुन मल्ल अर्जुन शाही हरि शाही दिपु ।।

सुदूरपश्चिम सवै डोटीमा वोलाइन्थ्यो ।
गनरी गौडाका कोट धुमरी खेलाइन्थ्यो ।।

ईलाका दार्चुला वझाङ जिल्ला डोटी भन्थे ।
ईलाका वाजुरा अछाम कंचनपुर सुन्थे ।।

 डोटी र कुमाउँ विच ठूलो युद्ध प¥यो ।
अजयमेर कोटवाट दिपायलमा स¥यो ।।

दिपायल राजधानी स¥यो अजयेर कोटको ।
एकतिर मुस्तिमको चढाई अर्को हल्ला भोटको ।।

सुरक्षित गनरगौडा मजवुत किल्ला ।
ऐले कसको आँखा लाग्यो हाम्रो डोटी जिल्ला ।।

राजधानी गनरगौडा दिपायलमा स¥यो ।
दिपायल है कुमाउँ गढवालसम्म शासन ग¥यो ।।

बाईसे चौविसे मध्ये डोटी शक्तिशाली ।
डोटीको सानथ्यो ठूलो जनता भाग्यशाली ।।

डोटी राजा मल्ल शाही दिपायल राजधानी ।
डोटीलाई सुरक्षित किल्ला मध्य केन्द्र ठानी ।।

अधिराज्य नेपालको एकिकरण भयो ।
पश्चिम नेपालको डोटी पश्चिम किल्ला रह्यो ।।

डोटीवाट प्रशासनिक न्यायीक काम चल्यो ।
डोटीको महान गौरव मान आज ढल्यो ।।

राणाको उदय पछि डोटी पश्चिम गौडा ।
पाल्पा पछि डोटी गौडा क्षेत्र राखी चौडा ।।

डोटीको महत्व वुझ्यो मध्य केन्द्र ठान्यो ।
ऐतिहासिक सुरक्षित ठाउँ हो भनि जान्यो ।।

डोटीमा पश्चिमी जनरल कमाण्डर राख्यो ।
सुरक्षित मध्य केन्द्र राणालाई लाग्यो ।।

पंचायतकालमा पनि सदरमुकाम रह्यो ।
क्षेत्रीय सदरमुकाम दिपायलनै भयो ।।

गणतन्त्र आएपछि ए.आई.जी दरवन्दी ।
न्यायालय उच्च रह्यो किन आज गलफन्दी ।।

राजधानी दिपायल भनि जनता भन्दै थिए ।
दिपायलमा पूर्वाधार अभैm वन्दै थिए ।।

पूर्वाधार खडा थियो सात सौ सालको ।
राजधानी मध्य केन्द्र यो हैन हालको ।।

जनताको एक मत थियो सवै ढुक्क थिए ।
दिपायल राजधानी भनि आफ्नो मत दिए ।।

एक्कासी धनगढी भन्ने घोषणा सुनियो ।
क्यै नेताको स्वार्थ पुर्ति षडयन्त्र वुनियो ।।

धनगढी है गोदावरी अर्को जाल रच्यो ।
वनको विनास गर्न छुट्टै खेल सोच्यो ।।

एक दिन दिपायल छिट्टै राजधानी आउँछ ।
सुरक्षा र मध्य केन्द्र जव थाहा पाउँछ ।।

विकास नपुग्या ठाउँ विकास ल्याउनु हो ।
गणतन्त्र लोकतन्त्र सुविधा पाउनु हो ।।

काठमाण्डौ टाढा भो भन्थ्ये धनगढी पुछार ।
सवैमा चेतना आई हुनेछ सुधार ।।

वातावरण मुल्याङ्कन अध्ययन ग¥योकी ?
एक किलो मिटर भित्र चुरेमा प¥योकी ??

चुरे क्षेत्र एउटा किलो मिटर भित्रमा ।
मिल्दैन निर्माण कार्य प्रष्ट छ चित्रमा ।।

जैविक जीवको बाटो बाघ मृग हिड्ने ।
संरचना निर्माणमा बृक्षहरु गिड्ने ।।

पानीको मुहान सुक्नु दुरदृष्टि होकि ?
वन मास्नु सुकाउनु मुल जन्ता हितमा छकि ??

वन्य जन्तु क्षेत्र भित्र तेघरी परेको ।
चुरेको सुरक्षित क्षेत्र कानुनले गरेको ।।

वातावरण जोगाउनु सबको मुख्य काम ।
वन मास्नाको परिणाम अलि छकि फाम ।।

क्षणीक स्वार्थका लागि कति ठुलो क्षती ।
नसोची गरेको कार्य ठुलो हुन्छ खती ।।

एक किलो मिटर भित्र संरचना बने ।
चुरेको नियम मासे अवैधानिक हुने ।।

तेघरी र गोदावरी संरक्षितमा पर्छन ।
बन्य जन्तु वाघ मृग यहि भ्रमण गर्छन ।।

मनोहरा करिडोर शुक्लाफाँट जो हो ।
वाघ मृग वन्यजन्तु हिड्ने वाटो हो यो ।।

मनोहरा करिडोर दुदुवा सम्मको ।
वन्य जन्तु हिडने वाटो रुखले गम्मको ।।

के हुन्छ राजधानी वने भावरका भित्र ।
वातावरण वचाउने कुनै छन कि मित्र ।।

वातावरण जोगाउन विश्वनै लागेका ।
हामारा अगुवा वन मास्नमा जागेका ।।

तेघरी भावर चुरे काखमा पर्दछ ।
वर्षातमा चुरेवाट पहिरो झर्दछ ।।

करिव नौ सय साठी पहिरो परेका ।
चुरेवाट वर्षातमा भावरमा झरेका ।।

दुर्लभ प्रजाति वृक्ष नासिने डर छ ।
सुख्खावाट तराईलाई वचाउने कर छ ।।

वातावरण बचाउनु सवैले पर्दछ ।
महत्व वुझेको व्यक्ति मास्नमा डर्दछ ।।

वातावरण प्रभावको मूल्याङ्कन गर्नु ।
अध्ययन विनाको निमार्ण अकालमा मर्नु ।।

सानो तिनो निमार्णमा ई.आई.ए. गरिन्छ ।
अध्ययन विनाको निमार्ण कानुनमा परिन्छ ।।

राजधानी निमार्णमा अध्ययन गर्नु हो ।
वनमासी पहिरो गए विपतमा पर्नु हो ।।

सरकारको घोषणालाई पालना गर्नु हो ।
प्रादेशीक सरकारको प्रधममा पर्नु हो ।।

नेपाल सरकारको त्यत्रो घोषण मानेन ।
भावर मासे चुरे खस्छ खतरा ठानेन ।।

पहाडमा घरवनी वुढीतोला पुग्छन् ।
चुरे खसि वाढी आई तराई घर डुव्छन् ।।

प्राकृतिक प्रकोप वढ्ला जंगल नासेमा ।
तराई तट सुख्खा होला भावर मासेमा ।।

चुरे खस्दा गेग्रानले भावर पुरिन्छ ।
वन मास्न मान्छे किन यसरी सुरिन्छ ।।

गेग्रानले खोला पुरि पुलमा पुग्दैछ ।
वनको विनास हुँदा पानी मूल सुक्दैछ ।।

वनपाली कार्वन स्वसी नेपाल पैसा पाउँछ ।
वन सवै मासि दिए अव काँहै आँउछ ।।

कार्वन उत्सर्जनको पैसा आउने गर्छ ।
वनपाल्ने समीतिले रकम पाउनु पर्छ ।।

 चुरे वचाउँ भावर वचाउँ राजधानी सारौं ।
राजधानी दिपायल सारी सबलाई सुखमा पारौं ।।

भक्तबहादुर बलायर
पूर्व मन्त्री

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत