आईसीसी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत

काठमाण्डौ ,असोज २१। 
आईसीसी विश्वकप टी–ट्वान्टी  छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत हात पारेको छ  ।मलेसियाको क्वालालाम्पुरमा आइतवार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो । नेपालको  १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो । त्यसपछि खेल प्रभावित हुँदा नेपाल डीएल मेथोडमा १४० रनले विजयी भयो ।नेपाली बलरसामु थाइ ब्याट्सम्यान निरीह देखिए । यसक्रममा सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।जीतसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब नेपालले चीन, भुटान र सिंगापुरसँग खेल्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी