दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१। 
सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार पत्रकार सम्मेलन गरि श्राबण र भाद्र महिनामा नौ करोड ७७ लाख ६५ हजार चार सय एक रुपैयाँ कर संकलन भएको बताए ।

उनले सबैभन्दा बढि राजस्व सवारी साधनबाट प्राप्त हुने अनुमान गरिएको जानकारी दिए  ।

उक्त  शीर्षकमा करिब ४० करोड ४२ लाख संकलन हुने मन्त्रालयले अनुमान गरेको छ ।यस्तै घरजग्गा रजिष्ट्रेशनमा ३९ करोड ९३ लाख, दण्ड, जरिवाना, जफत शीर्षकमा ३ करोड तथा अन्य विविध शीर्षकमा ६ करोड राजस्व संकलन हुने अनुमान मन्त्रालयको छ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गएको साउन र भदौमा राजस्व संकलन सन्तोषजनक रहेको बताए । दुई महिनाको अवधिमा घर–जग्गा रजिष्ट्रेशनवाफत ५ करोड ४ लाख, सवारी साधनमा ४ करोड २५ लाख संकलन भएको मन्त्री बोहोराको भनाई छ  ।

हालसम्मको प्रगति हेर्दा राजस्व संकलनको लक्ष्य पुरा हुने देखिएको मन्त्रालयको भनाइ छ । राजस्व वृद्धिका लागि करको दायरा बढाउने, चुहावट कम गर्नेलगायतका प्रयासहरु भइरहेका मन्त्री बोहराले बताए।

मनोरञ्जन, कृषि आय, अन्य प्रशासनिक, अन्य करको स्थानीय तहहरुले संकलन गरिरहेको भएपनि तथ्यांक मन्त्रालयमा नआइपुगेको अर्थमन्त्री बोहराको भ्नाई छ  ।

उनले कुल संकलन भएको करको ४० प्रतिशत स्थानीय र ६० प्रतिशत सरकारले खर्च गर्ने गरेको बताए ।

मन्त्री बोहोराले  संघीय सरकारले साथ दिएमा सुदूरपश्चिम प्रदेशमा लक्ष्य भन्दा बढि कर संकलन हुने बताए ।अहिले संकलन भएका कर मध्ये सबै भन्दा बढि धनगढीबाटै संकलन भएको पनि उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ ।  वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी शुक्रबार निर्बाचन हुने

अत्तरिया ,असोज ११ ।  धेरै छलफल र रस्साकस्सी पछि अत्तरिया उधोग बाणिज्य संघको निर्बाचन असोज १२ गते नै हुने भएको छ । केही दिन यता १२ गते साधारण सभा र सोही