नेविसंघमा ३२ वर्षे उमेरहद कायम

काठमाण्डौ,असोज २२ । 
नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।

आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।पौडेल र सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा. महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।

महाधिवेशनको अन्योल कायमै
झन्डै एक महिनाअघि नेविसंघले ३२ वर्षे उमेरहद हटाउनुपर्नेसहितका वैधानिक व्यवस्था पारित गर्नका लागि पार्टी नेतृत्वलाई बुझाए पनि ढिलो गरी उमेरहदको विषय पार्टीले टुंग्याइदिएको छ । तर, समयमा निर्णय नहुँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यस्तोमा नेविसंघको महाधिवेशनका विषयमा थप निर्णय गर्न आगमी २५ असोजमा केन्द्रीय समितिको बैठक पुनः डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।आइतबारको बैठकमा ३३ केन्द्रीय सदस्यले बोलेका थिए । नेविसंघको १२औँ महाधिवेशन १६ कात्तिकदेखि तोकिएको छ । तर, समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यसकारण अब निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कम छ ।

साभार - नयाँ पत्रिका 
 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न