कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ । 
नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । केन्द्रिय समितीको बैठक पछि  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- 'सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको छ '।सो स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बाै लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने निष्कर्ष निकालेको छ । वातावरणीय दृष्टिकोणलेसमेत वनक्षेत्र नाश हुने, वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने, चुरेको फेदीमा अवस्थित सो क्षेत्रमा शहर निर्माण गर्दा प्राकृतिक प्रकोप बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षयलगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम रहेको भन्दै काङ्ग्रेसले चिन्ता व्यक्त गरेको छ । तसर्थ बैठकले राजधानी गोदावरी नपा– २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनःविचार गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०।  पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै

सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु