भुटानलाई दियो नेपालले १५१ रनको लक्ष्य

काठमाडौं , असोज २३ ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा सुरु भएको टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा भुटानलाई नेपालले १५१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानसँग उत्कृष्ट ब्याटिङ गर्न सकेन । नेपालले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो । नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित ७५ रनको पारी खेले । उनले ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए । त्यस्तै, नेपालका लागि अनिल कुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले अविजित ११ रन बनाए । नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने दाउँमा रहेको छ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल अंक तालिकोको दोस्रो स्थानमा उक्लिएको थियो । नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

चर्चित भेट्रान बलर शक्ति गौचनले क्रिकेट यात्राबाट संन्यास लिए

पोखरा,मंसिर २९ ।   नेपालका चर्चित भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट आज संन्यास लिएका छन्।एभरेस्ट प्रिमियर लिग (इपिए) को

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल