सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ । 
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु भएको छ । मुख्यमन्त्री कार्यलयले मंगलबार  बिजयी दशमी ,दिपावली र छडपर्बको अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टले दुरदराजका जनताले अनुभुती हुने गरी प्रदेश सरकारले बिकासका योजना अगाडी बढाईरहेको बताए।'हाम्रा समस्याहरु छन् ,समाधान गर्नु पर्ने जरुरी छ' ,उनले भने - 'बिकासका अभाबहरु छन् ,दुरदराजका सामुदायलाई बिकासको अनुभुती  सँगसङै समाज करुती र कुसंस्कार सँग लडनु पर्ने छ।' मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेश सबै भाषा ,सामुदाय ,धर्म र जातीको साझा फुलबारी भएकोले  यसलाई समुन्नत बनाउन सबैको सहयोगको अपेक्षा गरे । सबैको सहयोग भएमा प्रदेशलाई साझा फुलबारीको रुपमा बिकास गर्न सकिने उनको भनाई छ । मौलिक चाडपर्बहरुले सबैलाई जोडने बताउंदै उनले भने - 'प्रदेश सरकार बनेपछिको यो पहिलो शुभकामना आदान प्रदान कार्यक्रमले सबैलाई प्रेरणा मिल्ने छ।कार्यक्रममा उनले दसैं तिहार र छड पर्बको अबसरमा सबैलाई शुभकामना समेत दिए । कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्ल ,प्रदेशको मन्त्री ,प्रदेशका कर्मचारी ,सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थिती रहेको थियो।
 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र