धनगढी प्रिमियर लिग डीपीएल –२ का ४ जना सबैभन्दा महंगा खेलाडी

धनगढी , फागुन १० ।
धनगढी प्रिमियर लिग डीपीएल –२ मा भेटरान बलर वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महंगा खेलाडी बनेका छन् ।चारैजना जना खेलाडीका छुट्टा छुट्टै टिममा समान १ लाख ५० हजारमा अनुबन्धित भएका हुन् । वसन्त रेग्मी विराटनगर किंग्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले महेन्द्रनगर युनाइटेडबाट खेल्नेछन् । यस्तै अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् ।पृथु बास्कोटालाई विराटनगरले १ लाख २० हजारमा अनुबन्ध गरेको छ । यही रकममा नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले अनुबन्ध गरेको छ ।१ लाख रकममा विराटनगरले पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिप नाथ र अनिल कुमार शा गरी ५ जना खेलाडीलाई किनेको छ । यही रकममा सिवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्की गरी दुई जनामा खर्च गरेको छ ।काठमाडौं गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र शहाव आलमलाई १–१ लाख लगानी गरेको छ ।महेन्द्रनगरले रोहित कुमार पौडेल र भुवन कार्कीलाई १ लाख खर्चिएको छ । रुपन्देही च्यालेन्जर्सले सुशन भारी, विक्रम कुमार भुषाल र सिद्धान्त लोहनी किन्न जनही १–१ लाख खर्चिएको छ । टिम चौराहा धनगढीले भने योगेन्द्रसिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुनिल धमलालाई जनही एक लाखमा किनेको छ ।

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको