टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ । 
टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी रहँदा नेपालले  १० विकेटले जितको छ ।मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस जितेर चीनलाई ब्याटिङको निम्तो दिएको नेपालले ११ बलमै लक्ष्य पूरा गरेको हो । चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौती पाएको थियो ।नेपालका लागि म्यान अफ द म्याच सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए भने ४ ओभर गर्दै १ मेडन राखेर ५ रन दिएका बसन्त रेग्मीले ३ विकेट लिए । त्यस्तै, ललित राजवंशीले ३ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए ।जवाफि ब्याटिङमा आएको नेपालले २७ रनको लक्ष्य विना विकेटको क्षतीमा ११ बलमै पूरा गर्यो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २४ रन बनाए भने प्रदिप एेरीले  ३ बलमा ४ रन बनाए ।

प्रतिकृया दिनुहोस

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर

डीपीएलमा सिवाईसी अत्तरियाको लगातार दोस्रो जित

धनगढि ,  फागुन ०२  । आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको छ  । टस जितेर