झण्डै एक दशकपछि बझाङमा परिक्षण उडान

बझाङ ,असोज २४ । 
घटस्थापनाकै दिन नेपाल एयरलाइन्सले बझाङमा परिक्षण उडान गरेको छ । १७ सिट क्षमताको नेपाल एयरलाइन्सको 9N-AKU कल साइनको ट्वीअटरल १२ः ४५ मा बझाङको देवल विमानस्थलमा अवतरण गरेको हो । झण्डै एक दशकपछि दुर्इ जना चालक दलका सदस्यसहित ६ जना बोकेर १२ः२४ मा नेपालगञ्जबाट उडेको उक्त जहाज २१ मिनेट लगाएर १२:५ बजे बझाङ अवतरण भएको थियो । विमानस्थलमा चालक दलका सदस्य नुरी शेर्पा र महेशराज पाण्डेयलार्इ स्थानियले भव्य स्वागत गरेका छन् ।यो परिक्षण उडान भएकाले यसबाट नियमित उडान हुने नहुने एकिन  गर्न नसकिने उडानमा सहभागी सांसद आशा बिकले बताइन् । बझाङमा यातायातको व्यवस्था भएपनि सडकको दुराअवस्था हुँदा यात्रुहरुले निकै समस्या हुने गरेको छ। उडान भर्नको लागी धावनमार्ग कालेपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । उडान नियमित हुनेमा स्थानिय आशाबादी छन् । 

प्रतिकृया दिनुहोस

भन्सार पुनःस्थापना नहुँदा दार्चुला-तिब्बत राजस्व अशुली ठप्प

दार्चुला ,कार्तिक ३ ।  दार्चुलामा तिब्बत सँग जोडीएको भन्सार कार्यालय नहुँदा राजस्व असुली सुन्य भएको छ । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष

हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा आउने

बझाङ ,कार्तिक ३ ।  सुदुरपञ्चिमप्रदेशको  हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा अाएकाे छ  ।  यात्रुहरू काे सेवा सुविधाकाे लागि ए सि बस  सेवा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक

कन्चनपुर ,असोज ३१ ।  कञ्चनपुर शुक्लाफाँटामा समुहमा आउने  हात्तीको झुन्डले आतंक मच्चाउन थालेका छन् । शुक्लाफांटा नगरपालिका–५ गर्जमुनिमा गएराति