प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ ।

नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौराले हात पारेको छ । गोदावरी नगरपालिकाको वडा नं २ मा रहेको गौरीशंकर टोल सुधार संस्थाले आयोजना गरेकोे उक्त प्रतियोगितामा आजको फाईलन खेल जित्दै आर्दश युवा क्लबले उपाधि हात पारेको हो । आयोजक गौरीशंकर टोलको टिम बि र आर्दश युवा क्लब खमौरा बिच भएको अन्तिम फाईलन खेलमा २ का बिरुद्ध ५ गोल गर्दै आर्दश युवा क्लब विजयी भएको छ । विजय भएसंगै आर्दश क्लबले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता बनेको टिम विले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

 

प्रतियोगितामा खेल अबधिभर उत्कृष्ट खेलेका आयोजक टिमका  महेश थापा उत्कृष्ट खेलाडी  , आयोजक टिमकै दिपेन्द्र साउद उदयमान खेलाडी र आर्दश युवा क्लबका निराजन मल्ल उत्कृष्ट गोल रक्षक घोषित भए । उनिहरुले नगद ५ सय सहित र मेडल प्रदान गरिएको खेल संयोजक लोकेन्द्र साउदले जानकारी दिए । गौरीशंकर टोल सुधार समितिका अध्यक्ष विर बहादुर लुहारको सभापतित्वमा सम्पन्न प्रतियोगितामा अत्तरिया उधोग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अशोकराज देवकोटा प्रमुख अतिथी रहनुभएको थियो ।

यस्तै कार्यक्रममा सु.प बिश्वबिधालय नेवि संघका केन्द्रिय सह संयोजक बिधार्थी नेता पदमराज ओझा र सोहि टोलका जेष्ठ नागरिक सर्प रावल बिशिष्ट अतिथी रहनुभएको थियो । गाउ टोल बिकासका लागि खेलकुदले महत्बपुर्ण भुमिका निभाउने भएकाले गाउघरमा यसप्रकारका प्रतियोगिता बेलाबेलामा आयोजना हुन जरुरी रहेको कार्यक्रममा सहभागिहरुले बताएका थिए । खेल संयोजक धर्मराज जोशीको स्वागत मन्तब्यवाट सुरु भएको समापन कार्यक्रमको संञ्चालन पत्रकार हेमराज भट्टले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर

डीपीएलमा सिवाईसी अत्तरियाको लगातार दोस्रो जित

धनगढि ,  फागुन ०२  । आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको छ  । टस जितेर