विजया दशमीको दोसो् दिन आज दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदै

अत्तरिया , असोज २५ ।

नेपालीहरुको माहान पर्व विजया दशमीको दोसो् दिन आज भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको पुजा आराधना गरि मनाइदै छ । बुधवारवाट सुरु भएको नवरात्रमा ९ दिन सम्म हरेक दिन भगवती दुर्गाका एक – एक स्वरूपको पुजा आराधना गर्ने परम्परा रहेको छ । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् ।

कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । बिषेश गरेर आरोग्य र शान्ति प्राप्तिका लागि ब्रह्मचारिणीको पुजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ ।

 

प्रतिकृया दिनुहोस

कन्चनपुरको कृष्णपुरमा चाउमिन खाँदा दुई बालकको मृत्यु

कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय

सृजनशिल महिला विकाश बहुउद्देश्यिय सहकारी संस्थाको अध्यक्षमा लक्ष्मी विनाडी

अत्तरिया , मंसिर २९ । कैलालीको गोदावरी नगरपालीका –८ जमुनानगरमा रहेको सृजनशिल महिला विकाश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समिती

कैलालीको दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालय परिसरबाटै व्यापारीको सामान गायब

टीकापुर,मंसिर २९ ।  कैलालीको  दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयबाट व्यापारीको सामान चोरी भएको छ। शुक्रबार दिउँसो भारतीय