अत्तरिया बजारमा अखाध्य बस्तुहरुको खुलेआम बिक्री ,अनुगमन प्रभाबकारी हुन सकेन

अत्तरिया ,असोज २५ । 
चाडबाड आए संगै बजारमा अखाध्य  बस्तु बिक्री बितरण बढेको छ । उपभोक्ताहरुलाई प्रत्यक्ष असर पर्ने खालका उपभोग्य सामाग्री बजारमा यत्रतत्र भेटिएका छन् । चाडबाडको बेला मात्रै हुने बजार अनुगमनले गर्दा कालाबजारी बढ्नु को साथै अखाध्य बस्तुको बिगबिगी बढेको हो । अत्तरिया बजारमा केही दिन यता खाध प्राबिधिक तथा गुण  नियन्त्रण कार्यालाय धनगढीको अगुवाईमा भएको अनुगमनमा अधिकांन्स पसलहरुमा पेय पदार्थहरु म्याद गुज्रेका पाइएको खाध प्राबिधिक साहायक कुमार भण्डारीले बताए । अफरको नाम दिईने पेय पदार्थहरु म्याद गुज्रेका छन् उनले भने -डिलरहरु ले बिक्री हुन नसकेका पेय पदार्थहरु अफर भनेर पसलहरुलाई दिने गरेको पाईएको छ । उनले अत्तरियामा रहेका होटेलहरुको भान्साहरु एक दम फोहर अब्यब स्थित रहेको बताए । होटेलहरुले बिक्री गर्ने सामाग्रीहरुमा कडा खालको कपडामा प्रयोग हुने मसला रङहरुको प्रयोग हुने गरेको भण्डारीको भनाई छ् । मासु पसलहरुको अबस्था पनि त्यस्तै छ । मासु पसलहरु सामान्य मापदण्ड पनि पुरा नगरेर सन्चालनमा रहेका छन् । कतिपय मासु पसलहरु त खुल्ला सडकमा नै सन्चालित रहेका छन् ।   त्यस्ता खालका सामाग्री उपभोग नगर्न खाध प्राबिधिक तथा गुण  नियन्त्रण कार्यालाय धनगढीले आग्रह गरेको छ । स्थानिय उपभोक्ताहरुले अनुगमन चाडबाडको बेला मात्रै नभएर अरु बेला पनि गर्नु पर्नेमा जोड दिएका छन् ।    

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा