अत्तरिया बनखेतमा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अत्तरिया ,असोज २५ । 

गोदावरी नगरपालीका वडा नम्बर १ वन खेत नजिकै बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । क्षेत्रीय ट्रफीक कार्यालय अत्तरीयाका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ६ का २८ वर्षीया हेमन्त साँउद र अर्का एक २६ वर्षका विक्रम खडका रहेका छन् । उनको ठेगाना खुल्न सकेको छैन ।टीकापुर बाट अत्तरीया तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्बरको बस  र विपरीत दिशा बाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा उनिहरुको ज्यान गएको प्रहरीले जनाएको छ । उनिहरुलाई पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारकालागी भारतको बरेली रेफर गरिएको थियो  । तर उनिहरुको बनबासा नपुग्दै निधन भएको हो ।  बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

गोदावरी -३ चौकीडाँडामा बाईक दुर्घटना हुँदा एक युवकको मृत्यू

अत्तरिया ,कार्तिक ३ ।  कैलालीको गोदावरी  नगरपालीका –३ चौकीडाँडामा मोटरसाइकल दुर्घटना परि शुक्रबार एक युवकको मृत्यू भएको छ । दुर्घटनामा परि

बडादशैं - आज पनि टिका आशिर्वाद ग्रहणको क्रम चल्दै

अत्तरिया ,कार्तिक ३ ।  हिजो विजया दशमीको टिकाको दिन । नवदुर्गा भवानीको प्रसाद स्वरुप सबैले श्रद्धा भक्तिका साथ टिका र जमरा लगाउदै हर्षोल्लासपुर्वक

दसैंको मुख्य दिन आज मान्यजनबाट टीका, जमरा ग्रहण गरिदै

अत्तरिया , कात्तिक ०२ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी । आजको दिनलाई दसैंको