बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ ।

कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको माहान चार्ड दशै र तिहारको अबसर पारेर गाउ , टोल भित्रका सबै युवाहरुका बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाउनका लागि सो प्रतियोगिताको आयोजना गरिएको वनदेवी युवा क्लबका अध्यक्ष शुसान जोशीले जानकारी दिनुभयो । प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

 

 

 

 

उद्घाटन संगै भएका आजको पहिलो खेल BYC BLACK MARBAL र BYC TIGER बिच भएको थियो । जसमा १ का बिरुद्ध २ गोल गर्दै BYC BLACK MARBAL विजयी सुरुवात गरेको छ । जम्मा ६ ओटा टिमहरु सहभागि रहेको सो प्रतियोगिताको विजेता टिमलाई नगद ३० हजार सहित २० हजार बराबरको खसी र उप विजेता टिमले नगद १० हजार पुरष्कारको ब्यवस्था गरिएको छ ।

खेलहरु वनदेवी युवा क्लबको आफ्नै खेल मैदान तेघरीमा भैरहेकोे र सो प्रतियोगितामा अन्य ठाउका खेलाडी र टिमको सहभागिता नरहेको अध्यक्ष जोशीले  जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

चर्चित भेट्रान बलर शक्ति गौचनले क्रिकेट यात्राबाट संन्यास लिए

पोखरा,मंसिर २९ ।   नेपालका चर्चित भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट आज संन्यास लिएका छन्।एभरेस्ट प्रिमियर लिग (इपिए) को

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल