आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरि मनाईदै

अत्तरिया ,असोज २६ । 
आज नवरात्रको तेस्रो दिन हो । नवरात्रको तेस्रो दिन घर– घरमा चन्द्रघण्टा देवीको पूजा गरिन्छ । माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा ।चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गर्छन् ।गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।
 

प्रतिकृया दिनुहोस

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना १८ जनाको मृत्यु

काठमाडौं , मंसिर २९  । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । शुक्रबार दिउँसो

धनगढीमा एक महिलाको आफ्नै दोपट्टा मा बेरिएर मोटरसाईकल दुर्घटना हुँदा ज्यान गयो

धनगढी,मंसिर २८ ।  धनगढीमा एक मोटरसाईकल सवार महिलाको  आफ्नै दोपट्टा मा बेरिएर दुर्घटना हुँदा  ज्यान गएको छ। धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य

कैलालीको गोदावरी नगरपालीका–७ मा ट्याक्टरले किचेर एक वालकको मृत्यू

अत्तरिया, मंसिर २८ ।  कैलालीको गोदावरी नगरपालीका–७ मा शुक्रबार ट्याक्टरले किचेर एक वालकको मृत्यू भएको छ । अत्तरिया पूर्व रोडमा रहेको खैराना