स्क्रब टाइफस रोगबाट एक जनाको मृत्यु , एकमा सङ्क्रमण

डडेल्घुरा , असोज २६ ।

स्क्रब टाइफस रोगबाट डडेल्घुराका एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । डडेल्घुराको अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ ।

 

उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताए । स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् । रासस

 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै