दशैं भित्रिए संगै पहाडी जिल्लामा जाने यात्रुहरुको अत्तरिया बसपार्कमा भिड बढ्यो (फोटो फिचर )

अत्तरिया ,असोज २६ । 
नेपालीहरुको महान पर्ब बडा दशैं भित्रिए संगै स्वदेश तथा बिदेशबाट घर फर्किनेको भिड लागेको छ। हजारौ को  संख्यामा नेपालीहरु धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरसँग जोडिएको गड्डाचौकी नाका भएर स्वदेश फर्कीएका छन् ।

धनगढी महेन्द्रनगर भएर आउने सर्बसाधरणहरु पहाडी जिल्ला जानको लागी अत्तरिया बसपार्कमा बिहानै देखी भिड शुर भएको छ । अत्तरिया बसपार्कमा पहाडी सात जिल्ला जाने यात्रुहरुको भिड बिहानै देखी शुरु हुने गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ  ।

यो बर्ष पनि यात्रुहरुले सहज रुपमा गाडीमा यात्रा गर्न पाएका छैनन । पहाडी जिल्ला जाने अधिकांस बसहरुमा यात्रुहरु खचाखच भरिएका छन् । यात्रुको संख्या धेरै र गाडी कम हुँदा यात्रुहरुले सास्ती झेल्नु परेको हो । यात्रुहरुलाई अपट्यारो नहोस् भनेर प्रहरी हेल्प डेस्क स्थापना गरेको छ ।

बसपार्कमा यात्रुहरुलाई असहज नहोस् भनेर सुरक्षा ब्यबस्था बलियो परिएको  ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक किसन सिं ठकुरीले जानकारी दिए ।  अत्तरियाबाट पहाडी जिल्लामा दैनिक झण्डै ४ सय ५० को हारहारीमा  सवारीको साधनहरु जाने गर्दछन् ।

तर झन्डै २०० को हारहारीमा सार्बजनिक सवारीका साधनहरुले यात्रुहरुलाई ओसार्ने गरेको पहाडरोडमा रहेको ट्राफिक बिटले जानकारी दिएको छ ।      

प्रतिकृया दिनुहोस

भन्सार पुनःस्थापना नहुँदा दार्चुला-तिब्बत राजस्व अशुली ठप्प

दार्चुला ,कार्तिक ३ ।  दार्चुलामा तिब्बत सँग जोडीएको भन्सार कार्यालय नहुँदा राजस्व असुली सुन्य भएको छ । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष

हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा आउने

बझाङ ,कार्तिक ३ ।  सुदुरपञ्चिमप्रदेशको  हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा अाएकाे छ  ।  यात्रुहरू काे सेवा सुविधाकाे लागि ए सि बस  सेवा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक

कन्चनपुर ,असोज ३१ ।  कञ्चनपुर शुक्लाफाँटामा समुहमा आउने  हात्तीको झुन्डले आतंक मच्चाउन थालेका छन् । शुक्लाफांटा नगरपालिका–५ गर्जमुनिमा गएराति