गोदावरी नगरपालीका लालपुरमा स्थानियद्वारा चक्का जाम

अत्तरिया ,असोज २६। 
गोदावरी नगरपालीका ६ लालपुरमा स्थानियले चक्का जाम गरेका छन् । बिहीवार अत्तरिया बसन्तपुरमा  बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा लालपुरका स्थानिय २ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी  गोदावरी नगरपालिका वडा नम्बर ६ का २८ वर्षीया हेमन्त साँउद र अर्का एक २६ वर्षका विक्रम खडकाको ज्यान गएको थियो ।  टीकापुर बाट अत्तरीया तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्बरको बस  र विपरीत दिशा बाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा उनिहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पीडितका आफ्नतहरुले क्षतिपुर्तीको माग गर्दै चक्का जाम गरेका हुन् । बाटो खुलाउने बिषयमा छलफल भईरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख किसन सिं ठकुरीले जानकारी दिए । बाटो अबरुद्ध हुँदा गन्त्बयमा हिंडेका दर्जनौ गाडीहरु रोकिएका छन् ।  

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा