गोदावरीको लालपुरमा गरिएको चक्काजाम प्रहरीले बलपूर्वक खोलेपछि स्थिती तनाब पूर्ण

त्तरिया ,असोज २६। 
गोदावरी नगरपालीका ६ लालपुरमा स्थानियले गरेको चक्का जाम प्रहरीले बलपुर्बक खोलेको छ । बिहीबार अत्तरिया बसन्तपुरमा बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा लालपुरका स्थानिय २ जनाको मृत्यु भएको थियो ।  मृतकका परिवारले उचित क्षेतिपुर्ती पाउनुपर्ने भन्दै सडक अबरुद्ध  गरेका थिए ।दुर्घटनामा लालपुरका २८ वर्षीया हेमन्त साँउद र अर्का एक २६ वर्षका विक्रम खडकाको ज्यान गएको थियो ।टीकापुर बाट अत्तरीया तर्फ आउदै गरेको कर्णाली यतायातको  ना ५ ख ८०४९ नम्बरको बस  र विपरीत दिशा बाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा उनिहरुको ज्यान गएको थियो  । बाटो खुलाउने बिषयमा आज  झन्डै ४ घण्टा छलफल भए पनि सहमती नहुँदा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरील प्रयोग गर्दा त्याँहाको स्थति केहि बेर तबनाव पुर्ण बनेको छ । प्रहरी ५ जनालाई गिर्फ्तार गरेको छ भने अश्रुग्यांस पनि प्रहार गरेको छ ।  बन्दमा रोकिएका गाडीहरु भने आ -आफ्नो गनत्ब तर्फ लागेका छन् । स्थानियहरुले सहमति नभए भोली पुन सडक अबरुद्ध गर्ने चेतनवनी दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा