निर्मला हत्या प्रकरण – नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुरमा

कञ्चनपुर , असोज २६ ।

नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ । निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानविन समिति आज कञ्चनपुर पुगेको हो । बस्नेत नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।

 

समितिले आज घटनास्थल, पीडित परिवारसँग भेटघाट गरेको र भोली जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन थालेको छ । नेपाल प्रहरीले घटनाको छानविनका लागि गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

भन्सार पुनःस्थापना नहुँदा दार्चुला-तिब्बत राजस्व अशुली ठप्प

दार्चुला ,कार्तिक ३ ।  दार्चुलामा तिब्बत सँग जोडीएको भन्सार कार्यालय नहुँदा राजस्व असुली सुन्य भएको छ । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष

हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा आउने

बझाङ ,कार्तिक ३ ।  सुदुरपञ्चिमप्रदेशको  हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा अाएकाे छ  ।  यात्रुहरू काे सेवा सुविधाकाे लागि ए सि बस  सेवा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक

कन्चनपुर ,असोज ३१ ।  कञ्चनपुर शुक्लाफाँटामा समुहमा आउने  हात्तीको झुन्डले आतंक मच्चाउन थालेका छन् । शुक्लाफांटा नगरपालिका–५ गर्जमुनिमा गएराति