पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ । 
नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई अत्तरिया मा स्वागत गरिएको छ । रबिको स्वागत स्थानिय स्तरबाट गर्ने तयारी बिहानै देखी  गोदावरी चेम्बर अफ कमर्सले गरेको थियो । चेम्बरले रबिलाई स्वागत गर्दै बजार परिक्रमा गराउने योजना बनाउँदै गाडी समेत खोजेको थियो । त्यस्तै तयारी गर्न धनगढीबाट पत्रकार नबराज धानुकले अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटालाई भनेपछि उनले पनि गाडी खोज्ने देखी अन्य तयारी शुरु गरेका थिए । स्कुटीमा अत्तरिया पुगेका रबिलाई सबै भन्दा पहिले पुर्वमन्त्री एवम कैलाली क्षेत्र न ४ का सासंद लेख राज भट्ट, प्रदेश सांसद कृष्णराज सुबेदी ले खादा ओढाएर सफलताको शुभकामना दिए । त्यसपछिअत्तरिया उधोग बाणिज्य संघले रबिको स्वागत गर्दै बजार परिक्रमा गरायो । फेरी अत्तरिया चेम्बर अफ कमर्शले रबि ओड सहित छक्का पन्जाकी नायिका दिपिका प्रसाईलाई गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउंदको उपस्थितीमा स्वागत कार्यक्रम राखेको थियो । प्रदेशबाट सहभागी एउटै प्रतिष्पर्धीको  स्वागतमा अलग अलग कार्यक्रम गरिनु दु:खद भएको ओडका शुभ चिन्तकहरुले बताएका छन् । कार्यक्रमको लागी आबश्यक तयारी नहुनु र ओडको अभियानमा जबर्जस्ती सबैतिर जोडिन खोज्ने पत्रकार धानुकको कारण अत्तरियामा स्वागत कार्यक्रम खल्लो भएको ओड निकट ब्यक्तीहरुले बताएका छन् ।रवि ओड कञ्चनपुरको गुलरिकाका स्थानिय हुन भने दिपिका प्रसाई अत्तरिया स्थानिय हुन् ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने