धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०। 
पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै निवासमा दसैं तिहारको अबसरमा अयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सन्चारकर्मीहरु सँग बोल्दै उनले तेघरी राजधानीको लागी सुदुरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताए ।"धनगढीलाई ब्यबसायिक केन्द्र ,अत्तरियालाई प्रशासन केन्द्र र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन गुरु योजना बनाउनु पर्छ", सांसद भट्टले भने - "उपयुक्त ठाउँ गोदावरी नै भुगोल र यँहाका जनताको मनोबिज्ञानको हिसाबले, जङल मास्ने कुरो हुँदैन बरु जति  मासिन्छ त्यो भन्दा बढि बक्षारोपण गर्न सकिन्छ"।भट्टले राजधानी तोकिएको ठाउँमा कु-काठ मात्रै रहेको जिकिर गरे । मिडियामा जसरी जङल मासेर राजधानी बनाइदै छ भन्ने कुरो आयो त्यो सरासर गलत रहेको उनको भनाई छ । "मेरो बसाई अत्तरियामा निकै पुरानो हो मैले बुझेको जैबिक मार्ग गोदावरी तेघरी क्षेत्र होइन",उनले भने -"मैले बुझेको जैबिक मार्ग त लालझाडी र बसन्ता हो यो क्षेत्र त सधैं बस्ती क्षेत्र नै हो" । भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भाबनको बारेमा जानकारी नभएको बताए। शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री ,मन्त्रीहरु , सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।    
 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके