वडादशैको आठौ दिन महाअष्टमी पर्व , देशैभरका शक्तिपीठ तथा घरघर बली दिईदै

अत्तरिया , असोज ३१ ।
नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ । आज विहानै देखि देशैभरमा रहेका शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

 

यता सुदुरपश्चिम प्रदेशमा पनि यहा रहेको विभिन्न शक्तिपीठमा बली दिने र पूजा आराधाना गर्नेको बिहानै भीड लाग्न सुरु भएको छ । शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षीको पञ्चवलीे बलि दिने प्रचलन रहेको छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पुजेर बलि दिने गर्दछन् ।  पशुबली नचढाउनेहरुले आजको दिन जमरा कोठामा घिराँैला, कुभिन्डो, मूला आदि बलि दिइ दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

 

कहि कतै भोली नवमीको दिन पनि बली दिने प्रचलन रहेको छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर आजको रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन रहेको छ ।

 

प्रतिकृया दिनुहोस

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

डडेल्धुरा ,मंसिर १ ।   डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ

छोरीको न्यायका लागि निर्मलाका आमावुवाको अनिश्चितकालिकन धर्ना जारी ( फोटो फिचर)

अत्तरिया ,मङ्सिर ०१ । छोरीको हत्या भएको तिन महिना बितिसक्दा समेत सरकारले हत्यारा पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्त आमा बुवा ६ दिनदेखी

धनगढीमा गएराति एक युवकको हत्या

धनगढी , मंङ्सिर ०१ । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा हत्या , हिंसा , लुटपाट , कुटपिट र बलत्कार सम्बन्धि अपराधिक घटनाहरु बढ्दै गैरहेका छन् । गएराति