साईपाल हिमाल आरोहण गर्न पहिलो पटक बिदेशी सहितको टोली बझाङ हिंड्यो

अत्तरिया ,कार्तिक १ । 
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल आरोहण गर्ने टोलीको भब्य स्वागत गरिएको छ । झण्डै २८  जनाको अारोहण टोली धनगढीबा बझाङ प्रस्थान गरेको छ । आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छिन ।आरोहण टोलीलाई शुभकामना दिँदै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साईपाल हिमाललाई  चिनाउन गरिएको प्रयास प्रशंशनिय भएको बाटईन । यस्तै टोलीलाई पूर्वमन्त्री एबम नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि स्वागत बिदाई गर्नु भएको छ । आफ्नै निवासमा पुगेको टोलीलाई भट्टले खांदा र माला लगाएर सम्मान गर्दै भने -'यो  मिसन साईपाल अभियानले  यस प्रदेशको पर्यटन बिकासमा ठुलो योगदान पुर्याउने छ'।भट्टले टोलीलाई केन्द्र सरकार र प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । टोलीमा अमेरिका, फ्रान्स ,स्पेन लगाएतका देशहरु प्रख्यात हिमाल आरोहीहरु रहेको मिसन साईपाल अभियानका संयोजक भोजराज भाटले जानकारी दिए । त्यस्तै टोलीमा ४ जना बझाङका किशोरीहरु र ४ जना शेर्पाहरु पनि रहेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा, सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा साइपाल आरोहण गर्दैछन। उनिहरुले हिमाल आरोहण सम्बन्धी झन्डै ४५ दिनको अभ्यास कोर्श पनि लिएका छन् । झण्डै ३५ दिन लगाएर गरिने उक्त आरोहणको उदेश्य यस क्षेत्रको पर्यटन बिकासको लागी भएको अभियानकर्मी भाटले बताए । साईपालको बेसक्याम्प पुग्न ५ दिन लाग्ने छ । सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमालमा पहिलो पटक आरोहण को प्रयास शुरु भएको छ ।  

प्रतिकृया दिनुहोस

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

डोटी , माघ ०४ । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

अत्तरिया महोत्सवमा हरेक दिन जेष्ठ नागरिकलाई सम्मान

अत्तरिया,माघ ३ ।  कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सवको आज सातौ दिन पनि दर्शकहरुको उल्लेखिय उपस्थिति रह्यो । लामितालको किनारमा

मकर मेलाको पहिलो दिन गोदावरीमा भक्तजनहरुको घुइँचो

अत्तरिया,माघ १ ।  मकर मेलाको पहिलो दिन सुदूरपश्चिमको प्रशिद्ध धार्मिक तिर्थ स्थल कैलालीको गोदावरी धाममा स्नान गर्नेहरुका भिड लागेको छ  ।