गायक तथा सर्जक बोहराको नया लोकदेउडा गित सार्बजनिक

गायक तथा सर्जक पदमजान बोहरा र गायिका ललिता ऐर


धुर्ब ओझा, अत्तरिया,फागुन १० ।    
गायक तथा सर्जक पदमजान बोहराको लोकदेउडा गित साथ छुट्यो सम्झना रैगयो बोलको गित युटुबमा सार्बजनिक भएको छ । सुदुरपश्चिम डोटीको शिखर नगरपालीका वडा नम्बर ११ मा जन्मीएका गायक तथा सर्जक बोहरा पछिल्लो समयदेखि लोकदेउडा क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल गायक बन्दै गएका छन । गायन क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै परिचय बनाउन संघर्षशील गायक तथा सर्जक बोहराले पछिल्लो समयमा साथ छुट्यो सम्झना रैग्यो लोकदेउडा गित बजारमा ल्याएका छन । आफनै शब्द र स्वरमा रहेको पहिलो लोकदेउडा गित ‘छुट्यो पिर्ती ईसै साल’ बाट उनले आफनो सांगितिक यात्रा शुरु गरेका थिए । गायक तथा सर्जक बोहरा सानै उमेरमा गायन क्षेत्रमा निकैचासो राख्ने गर्दथे । करिब आधादर्जन जति लोकदेउडा गित आफनै शब्द सिर्जना र आवाज बाट आफ्नो परिचय बनाउन सफल गायक तथा सर्जक बोहराले यसपाली निकै मार्मिक शब्दहरु रहेको लोकदेउडा गित बजारमा ल्याएका छन,भने यस गितमा उनलाई स्वरमा ललिता ऐरले साथ दिएकी छिन । गायक तथा सर्जक बोहराको साथ छुट्यो सम्झना रैगयो लोकदेउडा गितलाई बिशेष डिजिटल म्युजिक कम्पनीले उत्पादक तथा बितरक गरेको छ । आफनै शब्द अनि स्वरमा रहेको चर्चित लोकदेउडा गित प्रदेशी पिडामा आधारित ‘दिदी बाटो जन हेर्या’ बाट बोहरा अगाडी बढेका हुन । छुट्यो पिर्ती ईसै साल,दिदी बाटो जन हेर्या, साथ छुट्यो सम्झना रैग्यो जस्ता बोलका गित उनकै शब्द सिर्जना अनि स्वरमा रहेका छन भने बर्बट्टै छाणीगै,भरिन लाग्या आँखा आँसु जस्ता उनका स्वरमा रहेका गितहरु बजारमा आएका छन । सुदुरको भाषा आफनो पहिचान र संस्कृतीलाई जगेर्ना गर्ने उद्देश्यले लोकदेउडा क्षेत्रमा आफु लागी रहेको समेत उनले बताए । लोकदेउडामा निकै चर्चा कमाउन सफल गायक तथा सर्जक बोहराले स्रोताहरुको माया पाएमा आगामी दिनहरुमा पनि अरू गितहरुलाई निरन्तरता दिने बताएका छन । 

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड