प्रथम लक्ष्मी कथ्था डिएल एम सि कपको उपाधी आयोजक दुर्गालक्ष्मी क्याम्पसको टिम ए का पोल्टामा

हेमराज भट्ट ,अत्तरिया माघ १४ ।  कैलालीको अत्तरियामा यहि माघ ४ गतेवाट सुरु भएको प्रथम लक्ष्मी कथ्था डिएल एम सि कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको टिम एले जितेको छ । तेघरी स्थित वनदेबी युवा क्लबको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा जे.के मा.बि अत्तरियालाई पराजित गर्दै आयोजकले नै उपाधी हात पारेको छ । खेलको पहिलो हाफको ३७ औ मिनेटमा दुर्गालक्ष्मी क्याम्पसको टिम ए वाट जर्सी नं ५ खेलाडी बिजय सिंहले पहिलो गोल गरेका थिए । यस्तै दोसो्र हाफको १२औ मिनेटमा आयोजककै टिम ए वाट जर्सी नं ७ खेलाडी कमल देउवाले टिमका लागी दोसो्र गोल गर्न सफल भएका थिए । निकै रोचक भएको खेलको २८ औ मिनेटमा र ४२ औ मिनेटमा आयोजकका जर्सी नं ११का खेलाडी दिपक थापाले तेसो्र र जर्सी नं ४ का खेलाडी कृष्ण कडाएतले चौथो गोल गरेका थिए । खेलको सुरुवात देखिनै दबावमा राखेको आयोजकको टिम जेके मा.वि संग ४ – ० ले बिजय भएको हो । उपाधीसंगै दुर्गालक्ष्मीको टिम ए ले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा धेरै गोल गर्ने मौका चुकाएको जे.के माविले उप विजेतामै चित्त बुझाउन परेको हो । उप विजेता बनेको जे.के मा विले ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगीताको दुर्गालक्ष्मी टिम ए कप्तान गजेन्द्र शाही उत्कृष्ठ खेलाडी हुदै नगद १० हजार हात पारे । यस्तै उत्कृष्ट गोलकिपर दुर्गालक्ष्मीकै खेलाडी टेकन्द्र थापा , उत्कृष्ट डिफेन्डर दुर्गालक्ष्मीकै विजय सिंह , उत्कृष्ट स्कोरर दुर्गालक्ष्मीकै दिपक थापा र राईजीङ प्लेयर जे.केका कप्तान मिलन भट्ट घोषीत भए । यि चारै जनाले नगद ५–५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका खेल संयोजक सन्तोष भट्टको सभापतित्बमा सम्पन्न भएको समापन कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिमाञ्चल विश्व बिधालयका डिन पदमकान्त जोशी रहनुभएको थियो । बिशिष्ट अथितिमा मुख्य प्रयोजक रहेको लक्ष्मी कथ्था उधोगका रोशन कुमार कर्ण रहनुभएको थियो । समापन कार्यकम्रमा बोल्दै प्रमुख अथिति सुदुरपश्चिमाञ्चल बिश्व विधालयका डिन पदमकान्त जोशीले बिधार्थीलाई पढाई संगसंगै अन्य अतिरिक्त कृयकलापहरु पनि जरुरी रहेको बताउनुभयो । उहाले दुर्गालक्ष्मी क्याम्पसले गरेको उक्त कार्यको प्रशंसा गर्दै यस्ता कृयकलापहरुलाई अगामी दिनमा पनि अगाडी बढाउन शुझाव दिनुभयो । प्रतियोगितालाई सफल पार्न मिडिया संयोजक भई महत्वपुर्ण सहयोग पुञ्याएको भन्दै गोदावरी एफ एम , सुदुरखबर अनलाईन मिडिया , धनगढी पोष्ट लगाएत संञ्चार माध्यामहरु र बिभिन्न संघसंस्थाहरुmाई सम्मान गरिएको थियो । क्याम्पस प्रमुख डम्बर वाहादुर पाललले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन गोदावरी एफ एममा कार्यरत पत्रकार हेमराज भट्टले गर्नुभएको थियो । १० दिन सम्म चलेको उक्त फुटबल प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगिताहरु तेघरी स्थित वनदेवी युवा क्लबको खेल मैदानमा भएका थिए ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी