नेकपाको कैलाली निर्बाचन क्षेत्र नम्बर ४ स्तरिय शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अत्तरिया ,कार्तिक ५  । 
बडा दशैं ,तिहार र छडपर्बको अबसरमा नेकपाले कैलाली निर्बाचन क्षेत्र नम्बर ४ ले निर्बाचन क्षेत्र स्तरिय शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी नदीको किनारामा अायोजित कार्यक्रममा नेता कार्यक्रर्ताहरुले एक अर्कामा शुभकामना सांटासांट गरेका थिए । कार्यक्रमका प्रमुख अतीथी निर्बाचन क्षेत्र नम्बर ४ का सांसद लेखराज भट्टले सबै नेता कार्यक्रतालाई शुभकामना दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उंहाले तल्लो तह सम्म नै पार्टी एकता छिट्टै पुरा हुने बताउनु भयो । भट्टले तल्लो तह सम्म पार्टी एकता नहुँदा सरकारले गरेको बिकास निर्माणको कार्यको बारेमा जनतामा सन्देश पुर्याउन नसकिएकोले त्यसमा ध्यान दिन स्थानिय नेताहरुलाई निर्देशन दिनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली क्षेत्र न ५ का सांसद नारदमुनी रानाले प्रदेश र केन्द्र सरकारलाई कानुन बनाएर कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो । उँहाले दुई तिहाईको बाम सरकार भएकोले जनताको आशा सरकार प्रती धेरै रहेको धारणा राख्नु भयो । कार्यक्रमलाई प्रदेश सरकारका सामाजिक बिकासमन्त्री दिर्घ सोडारी पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री ,नेकपाका सांसद , क्षेत्र न ४ का स्थानिय जनप्रतिनिधी ,नेकपाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।    

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके